इतिहासको कुनै क्रूर शासकझैँ वा भनौँ थुप्रै अव्यवस्थाहरूबीच भर्खरै नियुक्त कुनै आदिम गाँउको नयाँ जमिन्दारझैँ पसेको छ सुटुक्क भयावह लिएर घरका झ्यालहरूमा गाँउका पूराना चोकहरूमा सहरका साँघुरा गल्लीहरूमा मान्छेको निन्द्रा र दैनिकीहरूमा । राम्रोसँग सास फेर्न पाएको छैन समयले डराएको छ समय आफ्नै अनुहारको रौद्रतादेखि । दुध चुस्दा निस्केको आवाजले Read more
हे युवती ! तीब्र गती छ तिमीसँग गुड्न सिक दिब्य पंख खोल, उड्न सिक साहस झिक । नडराऊ ! हातका रेखाहरूका पछि नलाग हात नहुनेहरूको पनि भाग्य त हुन्छ त जात जे भएपनि मान्छे मान्छे नै हुन्छ त सोच ! तिम्रो सोचले एक दिन आकाश छुन्छ । देख सपना तिम्रो Read more
घरिघरि मुटु हत्केलामै आउलाजस्तै भएपनि यादका मुस्लोहरू टाउको फुटाउने जुलुसमा लागेपनि मर्छुजस्तै भएको बेला, पिएको एकथोपा पानीले पुरै शरीरभर जहर फिजाएपनि खुसी हुनलाई साथ छोडेर गएकाहरूको विरुद्ध लेख्न नसक्नेरहेछ एउटा कविले गुनासाका नाराहरू बरु, उपहारस्वरूपका आँशु भेलमा देख्नेरहेछ जिन्दगीको इन्द्रधनुष । (धनगढी) Read more
कोटको गोजीमा पट्याएर दर्जनौ कविता हिँडेँहुँला हप्तौँसम्म भोकैतिर्खै तर, भट्टी पसल, राजनीतिक सभा र जुलुसमा मैले कहिल्यै वाचन गरिन प्रिय कविता कविता रुख बनोस् स्वावलम्वी कविता नदी बनोस् गतिशील यही ठानेर लेख्दै मेट्दै गरेँ निरन्तर छाप्दै वाचन गर्दै हिँडेँ जीवनभर । आज केही साथीहरूले सुनाएर गए रत्नपार्कमा बसेर मागिरहेकोछ तेरो Read more
आफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख लेखक म भएको छु । साथीभाइले किनी पढिदिउन् भनेर किताब बोकेर भेटिरहेको छु । कति त तिरस्कार भाव झल्काउँदै भाग्छन् । कति पुस्तक हातमा लिएर ओल्टाइ पल्टाइ गर्छन् तर फ्याट्ट पुस्तक फालेर पुस्तकप्रति गहिरो वितृष्णा देखाउँछन् । थुप्रै पुस्तक उपहार बाँडेर साहित्यकार बन्ने धुनमा मैले Read more
सत्य र तथ्य बुझेर यहाँ बहिरो हुनु पर्छ दुई शब्द बोलौँ भन्दा मुटु छामेर लुक्नु पर्छ । रोग, भोक र शोकले पिरोल्छ तालुकदार हेप्छ अर्जी एउटा चढाउँ भने कोठामा लुक्नु पर्छ । धूलो उडाउँदै गाडीमा सयर गरेर आउँछ कोही ताकत छैन सवाल गर्न कुनामा लुक्नु पर्छ । पर्चाका दुई शब्द Read more
समय घुमिरहन्छ घडीका सुइराहरुसँगै टिक.. टिक ..टिक ! यो शून्य क्षितिजजस्तै आकासका ताराहरुजस्तै अगणित छ यो समय बगिरहेछ यो समय ब्रह्माण्डको जन्म पहिला कि समय ? बिज्ञानले भेउ नपाको एउटै प्रश्न एउटै उत्तर समय घुमिरहन्छ घडिका सुइराहरुसँगै टिक.. टिक ..टिक ! भनिन्छ, करोडौं बर्षअघि यो पृथ्वी सूर्यको एक टुक्रा Read more
भ्रूण तिमी बाहिर नआऊ वाहिरी संसार तिम्रो प्रतिकूल छ जहाँ छौ तिमी त्यहीँ रमाऊ त्यही संसार तिम्रो अनुकूल छ । त्यहाँ तिमी राम्रोसँग रमाउन सक्छौ सवै कुरा व्यवस्थित छ त्याहाँ बाहिर आए तिमी हराउन सक्छौ कोलाहलै कोलाहल छ यहाँ । बाहिर आउनसाथ रुनु पर्नेछ, Read more
ऊ सगरमाथाभन्दा आफूलाई अग्लो ठान्छ ससाना देशहरूलाई दास मान्छ शक्तिको उन्मादले मस्त विश्वलाई आफ्नो नियन्त्रणमा राख्न खोज्द छ । ऊ विश्वको शक्तिशाली विशिष्ट मान्छे उसले जे भन्छ सवैले स्वीकार गर्नुपर्छ असत्यलाइ पनि सत्य मान्नुपर्छ त्यसैले त ऊ विश्वको शक्तिशाली मान्छे । उसका लागि विश्व सानु छ संसारका प्राणीहरू तुच्छ छन् कहिले हिन्द र Read more