पुलुक्क यता अनुहार हेरे पुग्छ। मेरो आक्रामक बजार हेरे पुग्छ। देखेर पनि चिन्न सक्दिनौ भने ! हर बिहान अखबार हेरे पुग्छ। घर सम्हालेर बस्छु, भन्थ्यौँ । छोराछोरी परिवार हेरे पुग्छ। म समुन्द्र बन्ने, मौका दिदैछु! नदिको अहंकार हेरे पुग्छ। आगो खाने, समय यही हो। ओकलेको अँगार हेरे पुग्छ। (दमौली, तनहुँ)