यहाँ आयो दसैँ आयो तिहार तर कुनै आभाष छैन
यो उज्यालो सन्सारको कुनै कुनामा प्रकाश छैन ।
त्यो युग अर्कै थ्यो रत दुर्गा र रामले जित्यो र आज पनि
"यहाँ सत्यकै बिजय हुन्छ "यस्मा मलाइ बिश्वास छैन ।
पैसा र पावरकै भरमा छुट्छन या हजारौ रिगलहरु
राजा निर्मला र मदनको हत्याराको कुनै तलास छैन ।
मरिरहे जमिन र धर्मकै नाउमा लढिरहे दाजु भाइहरु
मानवता र घर कसरी जोगाउने ? कुनै अभ्यास छैन ।
यसैले मैले सरकार र देवताको बिरोध गरेको हु,देश्दुन्या
किन सुसासन बिकास र गरिबको घरमा तेरो बास छैन ?
लाग्नेहरुलाइ यसर्थ पनि दसै खल्लो लागेको होला गाउमा
युवा छैनन पिङ्ग छैन जाडरक्सि लङ्गुरपुर्जा र जुवातास छैन ।
आयो दसै आयो तिहार आयो तर कुनै आभाष छैन
एउटा उज्यालो सन्सारको कुनै कुनामा प्रकाश छैन ।
(रतुवामाई – ८, मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।