नेपाली गीत-संगीतको क्षेत्रमा सन् साठीदेखि सत्तरसम्मको दशक अति नै सृजनात्मक र उर्बर देखिन्छ। यही अवधिभित्र खुबै राम्रा-राम्रा कालजयी गीतहरू सृजना भए। तर अम्बर गुरूङ्ग नेपाल पसेपछि अनि शरण प्रधानको निधनपछि स्थिति धेरै बिथोलिएको थियो। त्यहीमाथि नगेन्द्र थापाको साथ लागेर गोपाल योञ्जन पनि नेपाल पसे, रन्जित गजमेर बम्बेतर्फ लागे Read more
घरमा हजुरबाले किनेर ल्याउनु भएको पानासोनीको लाइसेन्सवाला रेडियो थियो । गाउँमा बिजुली आएकै थिएन । ब्याट्रीबाट बजाउनु पर्ने रेडियो बच्चाहरूको पहुँचमा हुने कुरै भएन । रेडियो मझेरीको मुल थामको माथिल्लो भागमा तीन इन्चको किलो ठोकेर झुन्ड्याइएको थियो । दाउरा बाल्दाको धूवाँले रेडियो कालो हुने डरले रेडियोलाई पनि कमिज लगाइदिनुभएको Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।