घरिघरि मुटु हत्केलामै आउलाजस्तै भएपनि यादका मुस्लोहरू टाउको फुटाउने जुलुसमा लागेपनि मर्छुजस्तै भएको बेला, पिएको एकथोपा पानीले पुरै शरीरभर जहर फिजाएपनि खुसी हुनलाई साथ छोडेर गएकाहरूको विरुद्ध लेख्न नसक्नेरहेछ एउटा कविले गुनासाका नाराहरू बरु, उपहारस्वरूपका आँशु भेलमा देख्नेरहेछ जिन्दगीको इन्द्रधनुष । (धनगढी)