हे युवती ! तीब्र गती छ तिमीसँग गुड्न सिक दिब्य पंख खोल, उड्न सिक साहस झिक । नडराऊ ! हातका रेखाहरूका पछि नलाग हात नहुनेहरूको पनि भाग्य त हुन्छ त जात जे भएपनि मान्छे मान्छे नै हुन्छ त सोच ! तिम्रो सोचले एक दिन आकाश छुन्छ । देख सपना तिम्रो सपनाले गगन चुम्छ । त्यसैले, साहस झिक, तीब्र गति छ तिम्रो गुड्न सिक दिब्य पखेटा खोल उड्न सिक । यस धर्तीमा तिमीतिर तेर्सिने अर्ती नै कति हो कति तर अब सोध्नु छोरीले राती हिँड्नु हुन्न भन्नेहरूलाइ, के दिनको उज्यालोमा पनि हाम्रा यी बन्द कोठाहरूले हामीलाइ सुरक्षित राख्न सकेका छन् ? सोध्नु ठूलो स्वरले नबोल्नु भन्नेहरूलाई के तिम्रो सानो स्वर सुन्छ यो समाज ? सोध्नु बड्ता बाठी नहुनु छोरीमान्छे भन्नेहरूलाई के लाटी हुँदाचैँ बाँच्न सजिलो छ यहाँ ? सोध्नु सहनशील हुनु भन्नेहरूलाइ के सहनशीलताको कुनै सिमाना छ यहाँ ? अनि उनीहरूका मथिङ्गल पनि तिम्रा प्रस्नहरूले भरिने छन् अनि ती प्रस्नहरू जताजतै छरिने छन् अनि फैलिने छन् सर्बत्र हे युवती ! तिमी परम्परा तोड्न सिक । मनहरू जोड्न सिक तीब्र गति छ साथमा, गुड्न सिक दिब्य पंख छ उडानको तिमी उड्न सिक । सोध यो घटिया समाजलाइ कि संस्कार र संस्कृतिको नाममा किन थिचिन्छ यहाँ हाम्रा सुन्दर उर्बर सपनाहरूलाई ? किन निमोठिन्छ यहाँ खुसीहरूलाइ ? अनि किन मारिन्छ यहाँ प्रतिभाहरूलाइ ? सोध यी रक्षक भनाउँदा भक्षकहरूलाइ । किन हाम्रो आत्मरक्षाको अधिकार खोसेर यति धेरै रक्षक, पिता, पति, पुत्र दाजुभाइ, परिवार, समाज भत्दै थोपरिन्छ ? अनि किन फेरि यी सबै रक्षक भनाउँदाहरूको इज्जतको निम्ति बाँच्नुपर्ने तिमीले ? अनि तिम्रो आफ्नो आत्मसम्मान चैँ खै त कस्ले जोगाइ दिने ? भो अब अर्काको निम्ति नबाँच खोज आफ्नो पहिचान । स्वयं जोगाऊ आफ्नो आत्म सम्मान आफ्नो अस्तित्वमा जिउन सिक द्रुत गतिमा गुड्न सिक तीब्र बेगमा उड्न सिक । भो ! नरोऊ अब नलुक कुनै कुनामा आऊ यो घटिया सोच भएको समाजसँग डटेर भिड चेतनाको मसाल बोकेर हिँड रुढिवादको ऐँझेरु चुँड्न सिक पखेटा छ है तिमीसँग उड्न सिक । कदापि नबन त्यस्तो सम्पति जो कुन्तीको एक वचनमा पाण्डवमा बाँडिन्छे, अनि धर्मराजको सनकमा जुवामा हारिन्छे त्यति औधी पवित्र पनि नबन किमार्थ जो रामको सानो शङ्का निबारण गर्न अग्निपरीक्षा दिन्छे । अति भो ! भो अब जंजीर तोडेर निस्क भिडको प्रस्न छोडेर निस्क नडराऊ दुर्याेधन र दुस्साशनका अट्टहाससँग अनि, अनि कुनै धृतराष्ट्रका पछि नलाग आँखामा पट्टी बाँधेर । आऊ खोल त्यो आँखाको पट्टी तिम्रो आँखामा चेतनाको ज्योती धपक्क बल्नेछ अनि यो सारा संसार तिम्रो चाहना अनुसार चल्ने छ आऊ आफ्नै पिरती गाँस्न सिक आफ्नै खुसी हाँस्न सिक हे युवती ! ए छोरी ! कुद, दौड तीब्र गती गुड्न सिक पखेटा छ तिमीसँग माथि नीलगगनमा तीब्र बेगमा उड्न सिक । (मोरङ)