भ्रूण तिमी बाहिर नआऊ वाहिरी संसार तिम्रो प्रतिकूल छ जहाँ छौ तिमी त्यहीँ रमाऊ त्यही संसार तिम्रो अनुकूल छ । त्यहाँ तिमी राम्रोसँग रमाउन सक्छौ सवै कुरा व्यवस्थित छ त्याहाँ बाहिर आए तिमी हराउन सक्छौ कोलाहलै कोलाहल छ यहाँ । बाहिर आउनसाथ रुनु पर्नेछ, विभेदका सृंखलाहरु आइहाल्छ असमानताका भाइरसहरु सर्नेछ तिमीमाथि अन्याय अत्याचार भइहाल्छ । हत्याहिंसाले अक्रान्त यश ठाउँमा तिमी आउने कोशिस नगर कलङ्कको खेती हुनेछ तिम्रो नाउँमा कोही कसैको भर नपर । जालीझेलीहरु मात्रै छन् यहाँ तिमीलाई आनन्द हुने छैन सुखसँग बाँच्न सक्छौ त्यहाँ बाहिरी संसार तिमीलाई सुहाउँदैन ।। (दिक्तेल,खोटाङ)