चुपचाप बगिरहन्छ नदी…… किनारमै घरहरू बनाओस् कैयाँै – मतलब छैन भाँचेर छेउकुनाहरूबाट कुलो लगोस्, नहर लगोस् या लगोस् घरघरमै – मतलब छैन । चुपचाप बगिरहन्छ नदी…….. कुरौटे छन् यी मौसमहरू कान फुकिरहन्छ नदीको । – मतलब छैन । जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन् थिल्थिलो होउन्जेल जहाज दौडाउँछन् विनाकारण थुन्छन् कतै Read more
प्रयोगशालाजस्तो प्रयोगशालामा अर्कै प्रयोगको कसरत छ। जस्तो कि खाली पानाको मुन्तिर मुखियाकै दस्तखत छ। गरी दे डिएनए परीक्षण र बोली दे ए विज्ञान ! हाम्रो नसामा रङ्गनाथ या भीमसेनको रगत छ। कैयौं कुमारहरूको जिन्दगी सिसिफस भएर सकियो यहाँ बस्तीबस्तीमा शिव गणेश छन् र सुमेरू पर्वत छ। न सपारेर सपारिन सक्यो Read more
आऊ यस्तो संसार बनाऔँ जहाँ बगेता पनि आँसु खसोस् फूलमा अनि बनोस् मोती । आऊ यस्तो संसार बनाऔँ जहाँ एक पृथ्वीलाई काटेर अनेकमा बिभाजित गर्ने न कुनै रेखाहरू रहुन् न सिमानाहरू न विचारहरू न वादहरू । आऊ यस्तो संसार बनाऔँ जहाँ समाज बाँड्ने न जात होस्, न धर्म होस्, न Read more
कोही हाहाकार गरिरहेका छन् कोही जयजयकार गरिरहेका छन् हाहाकार र जयजयकारको घेराभित्र एउटा खुकुरी सम्मेलन भुत्ते र धारिला खुकुरीहरूको सम्मेलन उद्घाटित छ, रहस्यमय, अन्त्योन्मुख । भुत्ते खुकुरीहरू घाँस रेट्न थाल्छन् जाँगर छ तर शक्ति छैन धारिला खुकुरीहरू, भुत्ते खुकुरीको परिश्रमको खिलाफमा खित्का छोड्न थाल्छन् भुत्ते खुकुरीहरू रिसले आगो भएका छन् Read more
महल होइन यहाँसम्म पुर्याउने त्यही छानो हो पीडा लुकाएर मुस्कुराउने आदत पुरानो हो । चोट त बन्चरोले पनि सहेकै हुन्छ आरनमा बढी चोटहरु सहिराख्ने सिर्फ अचानो हो । यो झङ्कार यति गुञ्जयमान हुनुको कारण म रुँदा फुटेको आमाको भक्कानो हो । मन रोएको नदेख्नेले खै कसरी भन्यो आँसु बग्ने परेलाको Read more
पढेपछि आफूले कुनै सुन्दर वाल कथा हतार हतार रहर लाग्ने रहेछ पहिले आफ्नै छोराछोरीलाई सुनाऊँ र लाभान्वित बनाऊँ तिनीहरूलाई संसारकै सुन्दर सिर्जना पढाएर ! जब तिनीहरूले मुन्टो बटार्छन् मोवाइलबाट आँखै हटाउँदैनन् र भन्छन्- 'ह्या ड्याडी पनि कस्तो वोर गर्नु हुन्छ भन्या ! कथा पढेर को ठूलो मान्छे बनेको छ खै Read more
यो समरको यात्रा हो । सबैभन्दा पहिले तिमीलाई द्रोही बनाउनेछ निकै प्रेमपूर्वक आश्रय दिइरहेको तिम्रो आफ्नै घरले । प्रथम प्रतिद्वन्द्वी बनेर वरिपरि उभिने छन् तिमीलाई आत्मीयताको छत्रछायामा हुर्काइरहेका तिम्रै नातेदारहरू जसरी अर्जुनको बाणको प्रतिकार गर्न प्रतिद्वन्द्वी बनेर उभिएका थिए कुरुक्षेत्रमा आफ्नै पितामह र गुरुहरू । तिमीले पनि गुज्रनु पर्ने छ Read more
कुख्यात चोरले रुपधारण गरेको छ साधुको साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले र हाटबजारमा खुलेआम बिक्रि भैरहेछ मान्छेका मुटु कलेजो र आँखा कान । सुनकली ! तिमिले देखेको सपनाको संसार होइन यो चैनले सास फेर्न पनी गाह्रो Read more