कोही हाहाकार गरिरहेका छन् कोही जयजयकार गरिरहेका छन् हाहाकार र जयजयकारको घेराभित्र एउटा खुकुरी सम्मेलन भुत्ते र धारिला खुकुरीहरूको सम्मेलन उद्घाटित छ, रहस्यमय, अन्त्योन्मुख । भुत्ते खुकुरीहरू घाँस रेट्न थाल्छन् जाँगर छ तर शक्ति छैन धारिला खुकुरीहरू, भुत्ते खुकुरीको परिश्रमको खिलाफमा खित्का छोड्न थाल्छन् भुत्ते खुकुरीहरू रिसले आगो भएका छन् रिसको झोंकमा झन छिटो छिटो रेट्छन् झन् भुत्ते झन् भुत्ते यस्तै छ यिनीहरूको आलिङ्गन रहस्यमय अन्त्योन्मुख कम्मेलन । धारिला खुकुरीहरूको खित्का बढ्दो छ आदर्शहीन खित्का खिस्याउनु नै उसको आदर्श हो बढ्दो छ उसको अट्टहास, वर्गीय अट्टहास ऊ वर्गभित्र वर्ग खोज्छ लाग्ने हुनुको गर्वको रापले ऊ झन् तातिएको छ ऊ झन् मात्तिएको छ यस्तै छ उनीहरूको विश्वमान रहस्यमय अन्त्योन्मुख सम्मेलन । रविकिरण बिदा माग्दो छ उषाकालीन सन्नाटा बिरक्ती र होहल्ला हुँदै सन्ध्या आह्वान गरिरहेकी छन् दर्शकदीर्घा ब्यस्त छ कोही धार हाल्दा छन् (रेट्तारेट्ता बोधिएका धारहरू) कोही बिँड बटुल्दा छन् (वर्गीय टकरावले फुटेर छरिएका बिँडहरू) दिन ढल्किँदै जॉदा निष्कर्षहीन बन्ने खतरा बढ्दै गरेको यी खुकुरीहरूको सम्मेलन रहस्यमय अन्त्योन्मुख सम्मेलन । (उदयपुर)