धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष ? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मलाई नसराप्नु । गङ्गा भनी पुजेको नदी हामी सबैलाई जीवन दिने नदी हिंस्रक बन्यो नभन्नु Read more
“लोकल छ थापा दाइ ! ” बिरमानले मासुपसलभित्र पस्दै सोध्यो । ” पिउने कि टोक्ने ” ! हँसिलो र ठट्यौली पाराका थापा दाइले हातको हाउभाउ सहित प्रतिप्रश्न गरे, र थपे, “कति बनाऊँ ? ” “अब दुईजना छौँ कति खाइएला र ? डेढदुई किलोको जोख्नु न । चट्ट मरमसाला Read more
माया मन मुटुमा हुन्छ स्वाभिमान शिरमा हुन्छ, ए मूर्ख मान्छेको पवित्रता कहाँ तस्वीरमा हुन्छ ? दुनियाँ बदल्न नसक्ला त्यो फरक कुरा होला, आफ्नो जीवनदृष्टी भने जरुर फकिरमा हुन्छ । सबैतिरबाट निरास भएर नै मान्छे मन्दिर पस्छ, उसलाई लाग्छ होला समाधान मन्दिरमा हुन्छ । तिम्रा लागि पहाडहरू अप्ठेरा हुनेछन् पक्कै हो Read more
बिजुली चम्केको छ असिना बर्सिने डर छ सम्बन्धका हाँगाहरू पनि भाँचिने डर छ । म जस्तै बगरको चिसो चट्टानलाई न उम्लिने रहर छ न त पोखिने डर छ । आफ्नै सन्तानहरुले नै लुछालुछ गर्छन् आमाको पछ्यौरी पनि च्यातिने डर छ । पानी खाएर निदाएका छन् नानीहरू रोटी देखेर निद्राबाट बिउझिने Read more
मैले हिँडे पनि नहिँडे पनि उचाइहरु चुमे पनि नचुमे पनि गन्तब्य संगाले पनि नसंगाले पनि शास्वत ओढारहरुले एकदिन मेरा पाइलाहरु जफत गर्नेछन ! मिठा सपना देखे पनि नदेखे पनि आखाँहरु फोडीदिने छन ! चित्कार जिन्दगीको सुने पनि नसुने पनी कानहरु तोडिदिने छन ! र मलाई बेहिसाब अँध्यारोमा बाँध्ने छन । Read more
छचल्किन्छ घरिघरि राष्ट्रियताको मौजुदा संवेदना खै ! सीमा दुख्छ कि देश भन सरकार प्रमुख अवहेलनाको टीका लगाएर कहिले भेटिन्छ सामथ्र्यको उचाइ कहिले बाँडिन्छ पहिचानको हार्दिकता । गाउनु छ आत्मियताको संगीत बजाउनु छ विजयको मंगल धुन बैशाखीमा उभिएर कहिलेसम्म हिँडाउँछौ बद्नियतको बाटो । खस्नै लागेको राष्ट्रियता बोक्नु छ मधेश भएर थेग्नु Read more
हेल्लो सरकार ! म तिम्रै मान्छे हुँ यदि तिमीले बुझे ! तिमी त्यहाँ पुग्नुमा ठूलै महत्त्व छ मेरो एक भोटको केही छैन नबुझे । तर माफ गर ! म अन्धभक्त हुन सकिनँ तिम्रो समर्थन गर्न सकिनँ तिम्रा गलत कामको । तिमीले कहिले बाँदरलाई निर्माणको जिम्मा दियौ Read more
चुक घोपटिएको जस्तै छ रात चुकिलै छ मन समझेर विगत एक्लो बसी कोठाको कुनामा पल्टाउँदै गइरहेछु पुराना समझनाहरु । अनायासै बग्छन् आँखाबाट आँसु याद आयो कि वर्षिन सुरु गरिहाल्छन् घिच्याउदै किन लैजान्छ यो मन मलाई डढेलो लागेको जंगलमा जहाँ देख्छु अर्धजलेका मेरा भावनाहरु । मेरो रोदन र चित्कार सुनेर लाचार Read more
मनहरु बगर भए भने क्रान्तिको ढुङ्गो उम्रन सक्छ । सत्ताको बुट बारुदको फुट फगत त्रास - समय फगत सन्त्रास शोक, भोक र क्रोधको भोकै भोग हुनुभन्दा अनुदार भए भने मनहरु फेरि शान्तिको मुद्रा टुक्रन सक्छ ।। मान्छेहरु- माउते भएपछि नबिर्सन वाहनको भोक आँखामा लागेपछि भोकका डामहरु शिकार हुनसक्छन् लगाम समाउने Read more