चुक घोपटिएको जस्तै छ रात चुकिलै छ मन समझेर विगत एक्लो बसी कोठाको कुनामा पल्टाउँदै गइरहेछु पुराना समझनाहरु । अनायासै बग्छन् आँखाबाट आँसु याद आयो कि वर्षिन सुरु गरिहाल्छन् घिच्याउदै किन लैजान्छ यो मन मलाई डढेलो लागेको जंगलमा जहाँ देख्छु अर्धजलेका मेरा भावनाहरु । मेरो रोदन र चित्कार सुनेर लाचार भई हेरिरहन्छ यो मन मूकदर्शक बनेर जलेको कोइला हाल्न तयार छु मुखमा बरु जाओस यो जिब्रो जलेर । सिन्दूर, टिका,पोते र खनखन बज्ने चुरा क्वारक्वार्ती हेर्छन् आपसमा, गर्दैनन क़ेही कुरा रगतको आहालमा डुबेकी छ ‘कविता’ जबदेखि दैवले रोप्यो जीवनमा धारिलो छुरा । (काठमाडौ)