हेल्लो सरकार ! म तिम्रै मान्छे हुँ यदि तिमीले बुझे ! तिमी त्यहाँ पुग्नुमा ठूलै महत्त्व छ मेरो एक भोटको केही छैन नबुझे । तर माफ गर ! म अन्धभक्त हुन सकिनँ तिम्रो समर्थन गर्न सकिनँ तिम्रा गलत कामको । तिमीले कहिले बाँदरलाई निर्माणको जिम्मा दियौ कहिले बिरालोलाई दूधको साक्षी राख्यौ अनि ब्वाँसोलाई वस्तु गोठालो पठायौ संस्कृतमा विद्यावारिधि गर्ने डाक्टरबाट मुटुको अप्रेसन गरायौ कुखुराका सभामा स्याललाई सुरक्षाकर्मी खटायौ चोर छानीछानी राहतको भान्से राख्यौ यी सबको समर्थनमा के ताली बजाउँ म ? अहँ हुन सक्दैन अब कि त हुट्टिट्याउँले आकाश थाम्छ कि त तिम्रो युगको अन्त्य हुन्छ । (तेह्रथुम हाल :झापा)