बिजुली चम्केको छ असिना बर्सिने डर छ सम्बन्धका हाँगाहरू पनि भाँचिने डर छ । म जस्तै बगरको चिसो चट्टानलाई न उम्लिने रहर छ न त पोखिने डर छ । आफ्नै सन्तानहरुले नै लुछालुछ गर्छन् आमाको पछ्यौरी पनि च्यातिने डर छ । पानी खाएर निदाएका छन् नानीहरू रोटी देखेर निद्राबाट बिउझिने डर छ । यो त माटोले बनेको घर हुँदै होइन विश्वास पोतिएको छैन चर्किने डर छ । (दैलेख )