भन्नुहुन्छ सताउन घरी-घरी किन आउँछ, फेरि हजुरसँग बाट नै यो बबुरो हेपिन आउँछ।। हिजो ईमान बेचेर लाग्नेबेलासम्म लागियो आज आफनै परिचय बाेकेर चिनिन आउँछ।। भेट्नु सम्म पर्यो भनी धाएको हो हजुर, सोच्नु भो,यहाँ के छ र?के लिन आउँछ।। बोलेको कुरामात्र पूरा नगर्नुस् न यहाँ ,, प्रत्येक पाईला-पाईलामा अल्झिन आउँछ।। सत्ता र शक्ति सधैँ तपाईं सँग मात्रै नहोला ,, पख्नुस! त्यो ठाँउमा पुग्ने पनि कुनै दिन आउँछ।।। (अध्यक्ष : प्रगतिशील लेखक सङ्घ, पर्वत)