माया मन मुटुमा हुन्छ स्वाभिमान शिरमा हुन्छ, ए मूर्ख मान्छेको पवित्रता कहाँ तस्वीरमा हुन्छ ? दुनियाँ बदल्न नसक्ला त्यो फरक कुरा होला, आफ्नो जीवनदृष्टी भने जरुर फकिरमा हुन्छ । सबैतिरबाट निरास भएर नै मान्छे मन्दिर पस्छ, उसलाई लाग्छ होला समाधान मन्दिरमा हुन्छ । तिम्रा लागि पहाडहरू अप्ठेरा हुनेछन् पक्कै हो मलाई डर छैन माहुरीको बस्ती नै भीरमा हुन्छ । यसैलाई त भाग्य भन्दा हुन् मान्छेहरूले सायद खान ढिँडो पाउदैन तर नजर भने खीरमा हुन्छ । दु:खलाई संघर्ष भनेर परिभाषित गरिरहन्छ ऊ, सच्चा क्रान्तिकारीको जीवन नै जन्जिरमा हुन्छ । (महेन्द्रनगर)