बारीका डिलको सतिसाल काँल्लेबारीको थाप्लो सालैपिच्छेको मल मलभन्दा पनि गाढा किसानको पसिना त्यही डिलमा हराएको हरायै छ बोट हुर्किँदै थियो गोडमेल निरन्तर थियो वसन्तमा फक्रिँदो गन्धले मालीको ध्यान आकर्षित थियो त्यो बोट उमेर छिप्पिएर फुल्यो । परारसम्म पूmल उस्तै फुल्यो मुना उस्तै पलाए पोहोरदेखि अर्काे रुखका हाँगासँग हाँगा खप्टिएछ बोक्रो Read more
तिम्ले मैले मानेजस्तो हैन रैछ राजधानी ! टाढाबाट जानेजस्तो हैन रैछ राजधानी ! हेर्दा कति उज्यालो छ ऐनाजस्तै बाटाहरू ! उज्यालोले तानेजस्तो हैन रैछ राजधानी ! भोकै मान्छे मर्दा पनि हेर्दो रैछ टुलुटुलु ! बाँडिचुडी खानेजस्तो हैन रैछ राजधानी ! स्वर्गकै बासिन्दा हुन्छुजस्तो लाग्थ्यो हाय हाय ! कल्पनामा छानेजस्तो हैन Read more
(१) जति प्रहार गरे पनि पत्थरले चोट सहन्छ शिल्पकारको हातमा परे ढुङ्गा मूर्ति बन्छ दीनदु:खीको भलाइ गर्ने रुचि छैन कसैको , मन्दिरमा मूर्ति राखिदिए देवता भेटे भन्छ । (२) केही भन्नै हुन्न रिसाइ हाल्ने तिम्रो बानी रैछ गरीबको घरमा सधैं पाक्ने खोले पानी रैछ देखें मैले जिन्दगीमा ठूलाठूला Read more
एक समय थियो । गाउँमा मुखिया, जिम्मालका काँध चढेर सरकार आउँथ्यो र शोषण दमनमा उत्रन्थ्यो । गाउँलेहरू खसी, भाले, घिउ, दुध, दही, जरनको चामल उर्दको दाल, ओलक चढाउँथे । दमाइले नङ्गारो लगायो अथवा कटुवाल कुर्लियो भने गाउँलेहरू मुखियाका आँगनमा ओइरिन्थे । नआउनेहरूको सजाय हुन्थ्यो, सर्वस्व हरणसँगै गाउँ निकाला । Read more
एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवैतिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो । “आफ्नो टोल, नगर सफा राखौं” भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुमपान, मद्यपानलाइ निरुत्साहित गर्नु, Read more
हिँड्दा-हिँड्दैको यात्रा अचानक रोकेर मेरो छेउमा उभिएको छ एउटा मानिस । मैले, जिज्ञासाको नजर फाल्दै त्यस मानिसतर्फ हेर्न नभ्याउँदै उसले भन्यो सपनाहरू हराएका छन् म खोज्न हिँडिरहेको छु । उसको कुरा सुनेर आश्चर्यचकित हुँदै हेरिरहेँ एकनास तलदेखि माथिसम्म उसलाई । खुट्टामा फाटेका गोल्डस्टार जुत्ता थिए शरीरमा मैलो परेका पातलो कलेजी Read more
एक युग बोकेर शताब्दीलाई चुनौती दिँदै इतिहासका प्रत्येक कालखण्डहरुमा न हार्यौ तिमी, न हार्नेछौ, न हार्नको लागि यस धर्तीमा प्रसव पीडाको चीत्कारसँगै एक खिल्ली मिठो मुस्कान छरेर धर्ती टेकाएको थिएँ तिमीलाई । प्रसव पीडासँगै रगतले लत्पतिएका हिलाम्मे निथ्रुक्क रुझेका सिथिल शरीर लर्बराउँथ्यो,थर्थराउँथ्यो, काप्थ्यो लगलगी, बेहोस बेहोसमै मुर्छिएर तर पनि भविष्यका Read more
राति साढे दस बज्न लागेको हुन्छ। सिक्किम हाउस, दिल्लीमा सिक्किम राज्यबाट आउनुभएका एकजना सज्जनलाई भेटेपछि घर आउन ओला बुक गर्छु। सिक्किम हाउसदेखि मेरो कुटिया मात्र चार किलोमिटर टाढा छ। मेरो कुटिया त कसरी भन्नु र! सरकारी घरमा भाडा तिरेर यसो बस्ने मेलो। चार चक्के वाहन बुक गरेको, केही समयमा बुकिङ्ग Read more
अचेल जङ्गलमा रुखहरू उम्रिन्दैनन्, भक्कु घरहरू पलाउँछन्, घरहरूले घरकै लागि रुखहरू ढलाउँछन् । जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने रानीचरी सत्ताच्युत भएर बेपत्ता भइसकेकी छन् । हेर्दा हेर्दै क्यामुनाको त्यो रुखको अपहरण भएछ, आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ, गाँस,बास,कपासको आन्दोलनमा जङ्गलको बासको उठीबास भएछ। रातभरि/दिनभरि ठिङ्ग उभिएर गाउँलाई पहरा दिने Read more
रगत र पसिनाबाट अलिकति नुनिलो लिन्छ कविताले ऋतुहरूसँग लिन्छ केही मन लागेको रङ्ग अनगिन्ती स्मृतिहरू र अनुभवहरूबाट केही अँध्यारो ,केही उज्यालो र केही आवाज सपनाको विशाल भण्डारबाट केही कल्पना र केही जादू लिन्छ विस्तृत मैदानहरू,अनकन्टार जङ्गलहरू, चुनौती दिइरहेका पहाडहरू, निचाट मरुभूमि, हराभरा उच्चसमस्थली नदीहरू र समुद्रबाट केही रूपक र केही Read more