तिम्ले मैले मानेजस्तो हैन रैछ राजधानी ! टाढाबाट जानेजस्तो हैन रैछ राजधानी ! हेर्दा कति उज्यालो छ ऐनाजस्तै बाटाहरू ! उज्यालोले तानेजस्तो हैन रैछ राजधानी ! भोकै मान्छे मर्दा पनि हेर्दो रैछ टुलुटुलु ! बाँडिचुडी खानेजस्तो हैन रैछ राजधानी ! स्वर्गकै बासिन्दा हुन्छुजस्तो लाग्थ्यो हाय हाय ! कल्पनामा छानेजस्तो हैन रैछ राजधानी ! एकै घर बस्छ मान्छे वर्षौं वर्ष वार्ता हुन्न ! मित्रताले धानेजस्तो हैन रैछ राजधानी ! फर्किजाँदा अलिकति गाउँ लैजाउँला भन्थें ! धत्तेरिका ! लानेजस्तो हैन रैछ राजधानी ! (सिन्धुली)