(१) जति प्रहार गरे पनि पत्थरले चोट सहन्छ शिल्पकारको हातमा परे ढुङ्गा मूर्ति बन्छ दीनदु:खीको भलाइ गर्ने रुचि छैन कसैको , मन्दिरमा मूर्ति राखिदिए देवता भेटे भन्छ । (२) केही भन्नै हुन्न रिसाइ हाल्ने तिम्रो बानी रैछ गरीबको घरमा सधैं पाक्ने खोले पानी रैछ देखें मैले जिन्दगीमा ठूलाठूला रङ्गीन सपना आज भोलि भन्दाभन्दै छिट्टै उमेर जानी रैछ । (३) जीवनमा कहिले ओराली कहिले उकाली आउँछ कहिलेकाही नयाँ काम गर्न खोज्दा गाली आउँछ निरन्तर अगाडि बढेका पाइलाहरू रोक्दै नरोक्नु , गन्तव्यमा पुग्नपर्छ एकदिन सबैको ताली आउँछ । (बागलुङ)