एक समय थियो । गाउँमा मुखिया, जिम्मालका काँध चढेर सरकार आउँथ्यो र शोषण दमनमा उत्रन्थ्यो ।
गाउँलेहरू खसी, भाले, घिउ, दुध, दही, जरनको चामल उर्दको दाल, ओलक चढाउँथे । दमाइले नङ्गारो लगायो अथवा कटुवाल कुर्लियो भने गाउँलेहरू मुखियाका आँगनमा ओइरिन्थे । नआउनेहरूको सजाय हुन्थ्यो, सर्वस्व हरणसँगै गाउँ निकाला ।
देशमा प्रजातन्त्र हुँदै पञ्चायती शासन चल्दै थियो । गाउँमा अलिअलि शिक्षाको लहर आइपुगेको थियो ।
एक साँझ गाउँमा एउटा मान्छेको प्रवेश भयो । हट्टाकट्टा, हँसिलो, सहयोगी, धेरै कुरा जाने बुझेको । ऊ गाउँ ब्यँुझाउन आएको भन्थ्यो । ऊ गाउँमै बस्यो । गाउँका केटाकेटी भेला पारेर पढाउन थाल्यो । गाउँलेहरू उसलाई माया गर्थे । चुलोमा जे पाक्यो त्यही खुवाउँथे ।
ऊ जिम्माल मुखियाको शोषणको कुरा गथ्र्यो । अन्याय अत्याचारको कुरा गथ्र्यो । अन्याय, अत्याचार, शोषण, दमनरहित समतामूलक समाजका मीठामीठा कुरा सुनाउँथ्यो र भन्थ्यो, ‘हाम्रो सरकार आए यस्तो हुन्छ ।’
बिस्तारै बिस्तारै उसले आफू मार्क्स वादी भएको कुरा गाउँलेलाई सुनाउँदै गयो । गाउँलेहरूलाई मार्क्स वादी भनेको के हो, के थाहा !
सजिलोको लागि गाउँलेहरूले उसलाई मार्क्स नै भनेर बोलाउन लागे ।
एकदिन गाउँमा चोरीको कुरा चल्यो ।त्यही मौकामा उसले चीनको एउटा घटना सुनायो :
विदेशी पर्यटकले चीनको एउटा सहरमा कोठा लिएछन् । उनीहरूसँग धेरै महङ्खवपूर्ण सामग्री भएकाले उनीहरूले कोठामा लगाउने ताला किन्न गएछन् । सारा सहरभरि ताला नपाएपछि थकित भएर कोठा फर्केछन् । घरबेटीसँग सब कुरा गरेर ताला मागेछन् । तब उनले भनेछन् यो सहरमा चोरी पनि हुँदैन, तालाको बिव्रmी पनि हुँदैन ।
र, उसले थप्यो हाम्रो देशमा पनि समाजवाद आयो भने यस्तै हुन्छ ।
जनताले उसको कुरामा सुरक्षित महसुस गरे ।
ऊ कहिले भियतनामको कुरा गथ्र्यो । कहिले रूस जर्मनको कुरा गथ्र्यो । जनताले उसको कुरा चाख मानेर सुन्थे ।
उसले जे कुरा गथ्र्याे त्यसलाई मार्क्स वादसँग जोड्थ्यो ।
मार्क्स आएदेखि गाउँले बिग्रेको घोषणा थियो मुखिया जिम्मालहरूको । उनीहरूले मार्क्स लाई बोलाएर सम्झाएका थिए । धम्काएका पनि थिए । प्रतिवादमा ऊ बोल्थ्यो, ‘अब तपाईँका दिन गए । जुका बनेर जति चुस्नु भो त्यसको हिसाबकिताब हुनेछ ।’
मुखियाका धम्कीबाट ऊ डगेन । गाउँलेले उसलाई साथ दिइरहे । बिस्तारै ऊ गाउँ हुँदै जिल्ला र राष्ट्रमा समेत परिचित हुँदै गयो । उसले थुप्रै कार्यकर्ता उत्पादन गर्दै गयो । ऊ दिनप्रतिदिन लोकप्रिय हुँदै गयो र अन्ततः ऊ नेता बन्यो । शोषणका विरुद्घ, अन्यायका विरुद्घ, न्यायका लागि, मुक्तिका लागि बन्दुक उठायो र जनताको युद्घ अर्थात जनयुद्घ ग¥यो ।
एक दिन ऊ सहर जाने हल्ला चल्यो । हल्ला हैन साँच्चीकै ऊ सहर पस्यो ।
मार्क्स सहर पसेपछि समानता, मुक्ति र नयाँ नेपालका लागि लडेको ऊ भित्र अनुद्घाटित रहस्यहरू अब हेर्नु छ तपाईंले अनि मैले ।
भोकमरीले ग्रस्त, गरिबी, अभाव, उपेक्षित, अशिक्षित गाउँको पहिलो सपना थियो मार्क्स । सपनाभन्दा सुन्दर थियो ऊ । झापा आन्दोलनमा, पिस्कर र छिन्ताङ् कान्डहरूमा, किलो सेरा–टु मा, काँइयो अप्रेशनमा, सङ्कटकालमा ।।।जनतासँगै हुन्थ्यो ऊ । ढिँडो खान्थ्यो । गुन्द्रुक खान्थ्यो । हवाइचप्पल लगाएर जनताका खेत खलिहान चहाथ्र्यो । गाउँलेका खेतबारीमा, झगडामा, श्रमदानमा ऊ सँगै हुन्थ्यो ।
तर, आज मार्क्स गाउँ र गाउँलेसँग छैन । मनन गर्छु, के मार्क्स ले ल्याउन चाहेको परिवर्तन गाउँ आइनपुग्दै म¥यो ?
मलाई मार्क्स भेट्ने इच्छा हुन्छ । म उसलाई भेट्ने लोभमा सहर पस्छु ।
मार्क्स लाई चिन्न सजिलो छैन । ऊ मोहन कोइरालाका कविताझैँ दुर्वोध्य छ । मनासलु हिमाल चढ्नु झैँ कठिन छ । जीवनझैँ रहस्यमय छ ।
सहर गाउँझैँ सानो छैन । गाउँझँै नाङ्गो छैन । गाउँझैँ गरिब छैन । मार्क्स को खोजलाई सहरका ‘पूँजी’का बाटाहरू अप्ठ्यारा बनाउँछन् । हुलिया झुक्याउँछन् । घरहरूले दृश्य छेक्छन् ।
थुप्रै प्रयत्न पश्चात म उसको ठेगाना पत्ता लगाउँछु ।
सुन्दर समाज निर्माणको एउटा नमूना ।
प्रवेशद्वारमा झुन्डिएको छ ‘शान्ति कुञ्ज’ । अर्कोतिर छ ‘कुकुरदेखि सावधान’ !
म देख्दैछु वर्तमानले अतीतदेखि नै जग हाल्दै आएको परिणाम । संसार बुझेपछि आफू उद्देश्यविहीन बन्नुको परिणाम ।
समग्र परिणामको अघि उभिएको छु म ।
महसुस–नयाँ बस्तीको ।
कार्य– आफ्नो अस्तित्वको खोजको ।
दृश्यपान– सपनाको सङ्ग्रहालयको ।
खोज– हराएका सपनाहरूको ।
कोसिस– उसको फैलावट नापको ।
छाल– तर्क, चिन्तन, भाव, अनुभूति, संवेदनाको ।
परिवर्तन– सपना देख्ने आँखाहरूको, जीवन बाँच्ने तरिकाको ।
उसको आगमनमा म पर्दा बन्द गर्छु मनको ।
उसको घरमा सन्दर्भ सामग्रीविहीन प्रवेश थियो मेरो । मैले मौनता भत्काउँदै भनेँ, ‘घर त भव्य रहेछ ।’
उसले प्रतिव्रिmया दियो, ‘गौँथलीको गुँड ।’
म उसको घर नियालिरहन्छु । भव्य घर । सुन्दर रङ रोगन । आँगनमा गाडी, मोटरसाइकल । सिउँडी झाङ्गिएका गमला । चिनिया दुबो । सुन्दर बगैँचा ।
मलाई उसले घरभित्रै आउने निम्तो दियो । मेरा फाटेका पैतालाले सिङ्गमरमर बिच्छ्याएका भुइँ टेक्न निकै गारो माने । तैपनि म पुगेँ उसले लगेको कोठामा । एसी जडित कोठा, महँगा फर्निचर, ठूलो टी. भी., लहरै राखिएको छ मार्क्स , लेनिन, माओ, र आफ्नो फोटो ।
मलाई ऊसँग बोल्न सङ्कोच लाग्छ ।
उसले गाउँ सोध्यो ।
गाउँलेहरूलाई उसैले सिकाएको थियो प्रजातन्त्र, समाजवाद र साम्यवाद । उसैले बाँडेको थियो नारा र सपनाहरू ।
एक साँझ घरका लागि मेरा दाजु भाउजूको झगडा हुँदा उसले भनेको थियो, ‘घर किन बनाउने ? सहरका ती सबै महलभोलि हाम्रा हुनेछन् । सहरका सबै सुख सुविधा भोलि हाम्रा हुनेछन् ।’
कौसीमा बसेर उसले रेड लेवल र मैले कोक पिउँदै गर्दा गाउँतिरका घटना सम्झाएँ ।
रक्सीको नसा चढ्दै गएपछि उसले वर्गसङ्घर्षको इतिहास सम्झँदै गयो । र भन्दै गयो, ‘म मेरो लागि र तिम्रो लागि लडेँ । परिणाम स्वरूप मैले सहरमा घर बनाएँ । गाडी किनेँ । छोराछोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाएँ । मान्छेहरूलाई मेरो प्रगति देखेर जलन हुन लागेको छ । त्यही भएर ममाथि थुप्रै आरोपहरू छन् अहिले । तर म आरोपहरूदेखि डराउने मान्छे होइन ।’ र उसले एउटा उद्घरण राख्यो, ‘लक्ष्य प्राप्त गर्न समयसँगै बदलिन जान्नुपर्छ । आदर्श कुरा गरेर मात्र बस्न हुँदैन ।’
चिसो बढ्दै थियो । ऊ रक्सी र कुरा दुवै थप्दै थियो ।
‘भविष्यसँग केको डर ?आदर्शसँग केको डर ?दुईचार पैसा कमाइयो । मान्छेहरू अधिकार सुनिश्चित गर्न आन्दोलनमा थिए, मैले कमाइरहेँ । मान्छेहरू सङ्क्रमणकाल भन्दै थिए मैले कमाइरहेँ । नदीले गाउँ डुबायो, बस्ती बगायो भन्दै थिए मैले कमाइरहेँ । भूकम्पले गाउँ क्षतविक्षत बनायो भन्दै थिए मैले कमाइरहेँ। मान्छेहरू सहिद परिवार, घाइते, बेपत्ताका कुरा गर्थे, मैले कमाइरहेँ । हो मैले कमाएकै हो । म झुटो बोल्दिनँ ।’
मार्क्स ले एक टुक्रा कागज झिक्यो र लेख्यो, ‘जननेता’ । हत्तपत्त ‘जन’ काट्यो र भन्यो, ‘कुनै समय म जननेता थिएँ । अब म केवल नेता हुँ नेता ।’ अनि आक्रामक शैलीमा ऊ गर्जियो, ‘के तँलाई थाहा छ ? म मार्क्स वादको लेटेस्ट फेसन डिजाइनर हुँ । म निख्रिन लागेको कम्युनिष्ट हुँ ।’
मैले गम्भीर भएर सोचेँ, के यही मार्क्स अन्तिम कम्युनिष्ट हो त ?
सिद्घान्त, आदर्श र सपनाको बाँकी रहेको भोज खाएर निस्कन लाग्दा मलाई लाग्यो, आज मार्क्स केवल विचारमा बाँचेको छ व्यवहारमा हैन ।
टाढाबाट हेर्दा प्रत्येक व्यक्ति मार्क्स जस्तो देखिन्छ नजिक पुग्दा त्यो मार्क्स हँुदैन । साँच्ची किन मार्क्स ले आपूmलाई यसरी बाँडेको ? आफू जीवित हुन वा हराउन ?
छातीमा हात राखेर छाम्छु मार्क्स भेट्दिनँ । तपाईंहरू पनि छातीमा हात राखेर छाम्नुहोस् त । साँचो कुरा मार्क्स हराइरहेछ, प्रत्येक मान्छेहरूबाट । यसरी छातीभित्रबाट मार्क्स हराउँदा मार्क्स हराएको सूचना किन नदिने हँ ?
म मार्क्स हराएको सूचना टाँस गर्दै हिँडिरहेछु ।
(सल्यान)