बारीका डिलको सतिसाल
काँल्लेबारीको थाप्लो
सालैपिच्छेको मल
मलभन्दा पनि गाढा
किसानको पसिना
त्यही डिलमा हराएको हरायै छ
बोट हुर्किँदै थियो गोडमेल निरन्तर थियो
वसन्तमा फक्रिँदो गन्धले मालीको ध्यान आकर्षित थियो
त्यो बोट उमेर छिप्पिएर फुल्यो ।
परारसम्म पूmल उस्तै फुल्यो
मुना उस्तै पलाए
पोहोरदेखि अर्काे रुखका हाँगासँग हाँगा खप्टिएछ
बोक्रो जोडिएर नयाँ अङ्ग बनेभैmँ यो वसन्तमा
मुना पात र पूmलमा नयाँ बान्की देखियो
गन्ध अर्कै आउन थाल्यो ।
अचेल हाम्रा बाख्राहरू
त्यो सतिसालको छहारीमा सितल ताप्दैनन्
त्यसको डालेघाँस फिटिक्कै खाँदैनन्
गाई भैँसीले पनि खाँदैनन्
यतिका वर्ष बाख्रा चरेको डिलमा
किन यस्तो अचम्म !
अनि जरादेखि टुप्पासम्म अनुसन्धान भयो ।
थाहा लाग्यो पल्लो छेउको टुनीसँग
जुन दिन सतिसाल खप्टियो
त्यसै दिनदेखि सतिसाललाई
बात लागेको रहेछ
जात फालेको रहेछ
रङ उडेको रहेछ
हरे ! त्यो बोट त बुटे वर्णसङ्कर भएछ ।
पूmल र पात फेरिएको वर्णसङ्कर
यो माटोमा काम लाग्दैन किसान साथी
पसिना र गोडमेल खेर गयो
ए सोझा मालीहरू हो
तिम्रा गोठको मल र तालुको पसिनाबाट
जरादेखि टुप्पासम्म फुलेको यो वर्णसङ्करको
भित्री चुरो सत्तरी वर्ष छिप्पिएछ
बाबा ! तपाईँको आयु र परिश्रम त त्यही टुनीमा खेर गयो
अब के गर्ने ?
यसलाई जरादेखि खोतलेर आगो लगाउनु पर्छ बुबा !
हो छोरा ! यसलाई जरादेखि खोतलेर आगो लगाउनु पर्छ ।
(इलाम)