राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८३ औँ श्रृङ्खलामा साहित्यकार मित्र उराठी गौतमको लकडाउनको उपहार कविता सङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्य एवं समालोचक डा अमर गिरीको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको विशिष्ठ आतिथ्यमा भएको हो ।
साहित्यकार एवं समालोचक निमध्ना घिमिरेले “लकडाउनको उपहार’ कविता सङ्ग्रहको समीक्षा गर्नु भएको थियो भने सो कविता सङ्ग्रहका लेखक मित्र उराठी गौतमले आफ्ना धारणा राख्नु भएको थियो । साहित्यकार मित्र उराठी गौतम हाल जिल्ला शिक्षा तथा विकास एकाइ दाङमा कार्यालय प्रमुखका रूपमा समेत कार्यरत हुनुहुन्छ ।
कार्यक्रममा प्रगतिशिल लेखक संघका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मा, लुम्बिनी प्रदेशका संयोजक केशब थापा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा. लोकराज पराजुली, कमलमणि देवकोटा र नगेन्द्र गुरु साहित्यकारहरू डा.कृष्णराज डिसी, टिकाराम उदासी, खेमराज मल्ल, धनेश्वर पौडेल,देवेन्द्रकुमार रिजाल, हरिप्रसाद पाण्डेय, चन्द्रप्रकाश देवकोटा, टंकराज गौतम, प्रकाशचन्द्र घिमिरे, गिरिराज पन्थी, आशा न्यौपाने, बिदुषा पाण्डे, छमा पराजुली, सरिता देवकोटा, गोविन्द पोख्रेल, श्यामा रावत, हरीप्रसाद पौडेल स्वर्णशिखा, शुभाष न्यौपाने, गुरूप्रसाद केसी, हेमबहादुर वली, नारदप्रसाद भण्डारी, विमला डाँगी विकलताफ विना रोका, कृति डिसी, निशान्त आचार्य, सनत गिरी, प्रमिला शर्मा, सानू कार्की , धनश्याम केसी, श्रवण नेपाली, सौगात गौतम उम्दा, सुमित पठुवा क्षेत्री, गणेश बिष्ट, बिक्रम वलि, पत्रकारहरू छवि पुरी, लिलाधर वली, रोम थापा, टोपेन्द्र रोका मगर, हेमराज नेपालीलगायतको उपस्थिति रहेको थियोे ।
उक्त समीक्षा कार्यक्रममा “लकडाउनको उपहार“ कविता सङ्ग्रहको समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले साहित्यकार मित्र उराठी गौतमलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले गर्नु भएको थियो ।