जिन्दगी कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनि गोडमेल गर्नेलाई जिन्दगीले नै भुल्छ । अफिस दिनभरि अफिसले लदायो पाई पाई सदायो साँझ परेपछि प्रिय तिम्रो याद आयो । उकाली ओराली कसैले खोजेको पाउछन् कसैले भएको गुमाउँछन् उकलि लओरालि त सबैको जीवनमा आउछन् । (लस एन्जेलस) Read more
प्रिय पुरुष ! तिम्रो वौद्धिकताको उच्च खण्डबाट तिमीले यो प्रकृति हेर्यौ र भन्यौ- “अनुहारमा पूर्णिमाको आभा पोतेर जब पोखरीबाट झुल्किन्छ जून प्रकृतिको सबैभन्दा सुन्दर कविता योभन्दा अरू के हुनसक्छ ?“ लट्ठिएर फूलको परागमा भवरा भएर उड्यौ र फूलका कविता लेख्यौ उही बगैचामा पुतली देख्यौ र पुतलीको सुन्दरता लेख्यौ कलकल Read more
रोग, भोक र आधारभूत स्वास्थ्य, गरीबी उन्मूलन, शैक्षिक गुणस्तर अभिवृद्धि, बाटो घाटो आदि सबै क्षेत्रमा विकास तथा समृद्धि ल्याउँछौँ । यसपालि हामीलाई बिश्वास गर्नुहोस् । हाम्रो पार्टीलाई भोट दिनुस् भन्दै चुनाबी आमसभामा घाटीका नशा तन्किनेगरी सबै क्षेत्रमा आमूल परिवर्तन गर्छौं भनी भाषण गर्दै थियो बल बहादुर । नभन्दै बलबहादुर Read more
सच्चा पुरूष् अनि नारीका कुरा छन् मैले नकाटेको दाह्रीका कुरा छन् । सम्झिन्छिन् होला कि बिर्सिसकिन् कुन्नि ? हामीसँगै खेल्ने चारीका कुरा छन् । वर्षातको याम, वीचमा छल्दी खोला उनी हुँदा पारी, वारीका कुरा छन् । मैले मेलो खन्नी, उनले कोदो रोप्नी हामी भेट्ने मकै बारीका कुरा छन् । कोहीकोहीलाई Read more
मलाई फेसबुकको जीवन र मान्छेको जीवन उस्तैउस्तै लाग्छ फेसबुकमा पनि अपलोड हुन्छन् र डिलिट हुन्छन् अनेकौँ म्याटरहरू जीवनका जस्तै फेसबुकमा पनि गाँसिन्छन् नयाँ नयाँ पिरती बस्छ माया बन्छ मित्रता गाँसिन्छ साइनो र एकाएक हराउँछन् फेरि जिन्दगीमा जस्तै । फेसबुकमा बिलाएका म्यासेजहरूजस्तै हराउँछन् अनेकौँ म्यासेजहरू जिन्दगीमा पनि खालि अपलोड, अपडेट र Read more
लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सर्वदाले यो लोक चटक्कै छोडेर गईन् । दुस्खी हुने र श्रद्धाञ्जली अर्पण गर्नेहरू कति हुन् कति १ यस घटनाले नरनाथ साँच्चिकै विक्षिप्त बनेका थिए । छोराछोरी हुर्किसकेका थिए र पनि उनीहरूबीच रसरङ्गको कुनै कमी भएको थिएन । फुर्सद भयो कि हाँसिमजाक र रामरमाइलो गरिहाल्थे । सँगसँगै Read more
विमल निभा कवि हो ऊ । जसको नामसँग सिंहदरबारलाई कुनै रुचि छैन । विमल निभा कविता लेखिरहन्छन् जुलुसको आन्दोलनको क्रान्तिको विद्रोहको । विमल निभा कविता लेखिरहन्छन् भोकको अनिद्राको पीडाको छटपटीको । विमल निभा कविता लेखिरहन्छन् रिक्सा मजदुरको ट्याक्सी चालकको खेतका किसानको । सधैं लेखिरहन्छन् अमलेख । सत्ताका विसङ्गतिहरुसँग उनका Read more