सच्चा पुरूष् अनि नारीका कुरा छन् मैले नकाटेको दाह्रीका कुरा छन् । सम्झिन्छिन् होला कि बिर्सिसकिन् कुन्नि ? हामीसँगै खेल्ने चारीका कुरा छन् । वर्षातको याम, वीचमा छल्दी खोला उनी हुँदा पारी, वारीका कुरा छन् । मैले मेलो खन्नी, उनले कोदो रोप्नी हामी भेट्ने मकै बारीका कुरा छन् । कोहीकोहीलाई दही मन् पर्छ भनी चोरी आधी बनाएको आरीका कुरा छन् । कुलो लाउनी निहुँमा भेट्न पाइन्थ्यो भन्यो आफ्नो भने खेत टारीका कुरा छन् । बोल्न लाज लाग्ने, भेट्ने ठाउँ कस्ता खन्निउँ, काफल्, ऐंसेलु घारीका कुरा छन् । काम् गर्दा घाम् पानी भन्न कहाँ पाइन्थ्यो र ! डोको, नाम्लो अनि भारीका कुरा छन् । कमिज् अनि मेड्डीमा देखिरहेको अहिले ब्लाउज् अनि सारीका कुरा छन् । (गुल्मी)