मलाई फेसबुकको जीवन र मान्छेको जीवन उस्तैउस्तै लाग्छ फेसबुकमा पनि अपलोड हुन्छन् र डिलिट हुन्छन् अनेकौँ म्याटरहरू जीवनका जस्तै फेसबुकमा पनि गाँसिन्छन् नयाँ नयाँ पिरती बस्छ माया बन्छ मित्रता गाँसिन्छ साइनो र एकाएक हराउँछन् फेरि जिन्दगीमा जस्तै । फेसबुकमा बिलाएका म्यासेजहरूजस्तै हराउँछन् अनेकौँ म्यासेजहरू जिन्दगीमा पनि खालि अपलोड, अपडेट र डिलिट कहिले अपलोड गर्यो, कहिले अपडेट गर्यो र कहिले डिलिट लाग्छ कहिलेकाहीँ त डिलिट गरेका म्याटरहरू पनि फेरि जिवन्त भइ दिऊन् लाग्छ ब्लक भएका मान्छेहरू पनि फेरि अन्ब्लक गरुँ जिन्दगीमा पनि फेसबुकमा जस्तै । मलाई फेसबुकको जीवन र मान्छेको जीवन उस्तैउस्तै लाग्छ कहिले काहीँ लाग्छ इन्एक्टिभ गरूँ जिन्दगीलाई पनि जसरी सिङ्गै फेसबुकलाई गरूँ लाग्छ इनेक्टिभ् । (मोरङ)