२०२२ सालतिरको कुरो हो । नरनाथ सिटौला बाजे उतिबेला ७ गाउँ कहलिएका पण्डित थिए । सप्ताहदेखि एकाहसम्ममा उनै हुन्थ्ये व्यासासनमा । उनका सात भाइ नै यजमानी गर्थ्ये । नरनाथका २ सुपुत्र र ३ सुपुत्री थिए । उनले माइला र कान्छालाई काशी बनारसमा वेदाङ्ग पढ्न पठाएका थिएँ । दशैंको Read more
म गोधुलिसँग डराएर झलमल्ल उज्यालो खोज्दै राम्रो या नराम्रो प्रवाह नगरी माथि सगरमाथाको फेदवाट सप्तकोसीको तिरैतिर सुन्दर पहाड, गल्छेंडा र फाँट हुँदै तराईका मनमोहक मैदानसम्मको यात्रामा अनकन्टार जंगलभित्र फसेंछु । सन्दैछु, मेरा वा, मेरो वियोगमा हाक्पारे गाउंदैछन् रे ! मेरी आमा, मेलापातमा नि संगिनीमा विलौना गाउँछिन् रे ! छोराछोरी , Read more
(१) सपनाहरुको चाङमा सुकाएर जिन्दगीलाई आकांक्षाको झिरमा उनाएर जिन्दगीलाई काकाकुलझैँ भा छ प्यासहरुको प्यालाले पोखूँ लाग्छ किन फुकाएर जिन्दगीलाई । (२) जे हुन्छ राम्रोकै लागि हुन्छ टुटेफुटे भाँडाकुटीका लागि हुन्छ कति भनु राम ! भिरमा हाम फाल्नेलाई प्रकृतिको नियम झरेपछि भुसियाका लागि हुन्छ । Read more
ओ मेरो पतिदेवकी प्रेमिका आऊ हामी हात मिलाऊँ मित्रताको सह- अस्तित्वको "ऊ " मेरो "पति" तिम्रो "प्रेमी " तिमीलाई जस्तै, प्रेमकै बाटो भएर पत्नी बनाएको हो मलाई पनि तिमी र म मा के को दुश्मनी ? के को ईष्र्या ? के को डाह ?? एउटै हो मुटु तिम्रो ,मेरो जति Read more
एकाउन्न बर्षीय इश्वरी रसिक र खुला स्वभावको ख्याउटे जिउडालको व्यक्ति थियो।उसको घरको रुग्ण आर्थिक अवश्था जग्गादलाली लगाएतको कामबाट पैसा आर्जन गरेर केही मजबुत बनेको थियो।ऊ ! चुतुर मानिस थियो।परिवारमा प्रमोद र प्रतिमा दुई सन्तान थिए। पच्चीस बर्षिय छोरो प्रमोद पनि बाबुभन्दा कम रसिक र चंचले थिएन।पढाइमा तेज थियो।घरबाट उसलाई खासै Read more
लालपुर्जा बेची मुग्लान पस्ने, काहानि कस्को हो ? र सपना बोकी देश छाड्ने, राहदानी कस्को हो ? मुलबाटोमा नजर विछ्याई, कुरी बस्दा आमाहरु जलेर चितामा वेखवर बस्ने, खरानी कस्को हो ? बैँस बिक्ला श्रम बिक्ला, उमेर छदा मुग्लानमा केश पाक्दा फर्काई दिने, जिन्दगानी कस्को हो ? मझेरीमा भए जस्तै, काठको Read more
बहिरो सरकार छ, गरिबको बाँच्ने रहर छ कसरी धान्ने जीवन, पाइलैपिच्छे जहर छ । एकातिर दुईछाक टार्नकै लागि धौधौ यहाँ अर्कोतिर, विश्वव्यापी कोरोनाको कहर छ । कहिलेसम्म जनताको भोक मेट्छौ सरकार भोक र अभावले दिनदिनै मर्नेको लहर छ । कहिले खडेरीले सेक्छ, कहिले बाढीले बगाउँछ किसानको भागमा जहिल्यै आँसुको नहर Read more
बेहुली घरमाहुली सकेपछि मन नलागी नलागी परदेशिएको बर बेखबर भएको पनि वर्षाैं भयो एक पेट भात खान प्रभातमै निस्किएका जवानहरु अहिलेसम्म फर्किएका छैनन् यो समाजमाझ र अझै पनि मलामको लामजस्तै निशव्द उभिइरहेछन् मनमा जीवनभरिको सपना अनि हातमा पासपोर्ट बोकेर एयरपोर्टमा देश छोड्नै लागेका युवाहरु । कदम कदममा दम बढेपछि आँगनको Read more
म अरुको सही र लगत देख्छु सहमतिभित्र प्रसस्त विमति देख्छु अनि गलतभित्र पनि मत देख्छु म कहाँ छु ? आफैँ सही छु वा गलत छु ? हमेसा असन्तुष्ट छु । मैले पूर्णिमाको खुला रातमा आकाशतर्फ हेर्दा चन्द्रमाले दिएको आनन्दको टहक हेरेर खुशी मनाइरहँदा म उसैभित्र शितलता खोज्छु समुद्रको पानी उठाएर Read more