(१)
सपनाहरुको चाङमा सुकाएर जिन्दगीलाई
आकांक्षाको झिरमा उनाएर जिन्दगीलाई
काकाकुलझैँ भा छ प्यासहरुको प्यालाले
पोखूँ लाग्छ किन फुकाएर जिन्दगीलाई ।
(२)
जे हुन्छ राम्रोकै लागि हुन्छ
टुटेफुटे भाँडाकुटीका लागि हुन्छ
कति भनु राम ! भिरमा हाम फाल्नेलाई
प्रकृतिको नियम झरेपछि भुसियाका लागि हुन्छ ।
(ताप्लेजुङ)