म गोधुलिसँग डराएर झलमल्ल उज्यालो खोज्दै राम्रो या नराम्रो प्रवाह नगरी माथि सगरमाथाको फेदवाट सप्तकोसीको तिरैतिर सुन्दर पहाड, गल्छेंडा र फाँट हुँदै तराईका मनमोहक मैदानसम्मको यात्रामा अनकन्टार जंगलभित्र फसेंछु । सन्दैछु, मेरा वा, मेरो वियोगमा हाक्पारे गाउंदैछन् रे ! मेरी आमा, मेलापातमा नि संगिनीमा विलौना गाउँछिन् रे ! छोराछोरी , विद्यालयबाट निकालिए रे ! श्रीमतीले अर्कै लोग्ने रोजिन रे ! दाजुभाइ, अलिकति अंश बढ्ने आशामा रमाएका छन् रे ! दिदीबहिनी, दाइजो घटेकोमा सुर्ताएका छन् रे ! म, यो अनकन्टारभित्र कहिले हिंस्रक जनावर कहिले सुन्दर डाँफे अनि गुराँस कहिले असिना पानी र दलदल कहिले वनकेरा र जटामसिसँग , हाम्रो भविष्य खोजिरहेछु । मलाई मेरो कुनै प्रवाह छैन, तर मेरो आदर्श मेरो बा वाच्नु पर्छ मेरो जननीलाई चोट र खोट लाग्नुहुन्न मेरा सन्तानहरु भोकाउनुहुन्न, रोगाउनुहुन्न । मेरी प्यारी श्रीमती ! तिमीले अर्कै लोग्ने रोज्यौ रे, तर तिमी बलात्कृत हुनुहुन्न प्रिय आफन्तहरु कर्तव्यबाट नभाग्नुस् एकदिन झलमल्ल उज्यालोसँगै सुन्दर बिहानी लिएर फर्कने छु । (हिलिहाङ, पाँचथर)