ओ मेरो पतिदेवकी प्रेमिका आऊ हामी हात मिलाऊँ मित्रताको सह- अस्तित्वको "ऊ " मेरो "पति" तिम्रो "प्रेमी " तिमीलाई जस्तै, प्रेमकै बाटो भएर पत्नी बनाएको हो मलाई पनि तिमी र म मा के को दुश्मनी ? के को ईष्र्या ? के को डाह ?? एउटै हो मुटु तिम्रो ,मेरो जति तिमीलाई दुख्छ ,त्यति नै दुख्छ मलाई पनि आउ सँगसँगै दुखौँ र महसुस गरौँ लोग्नेमान्छेको वितण्डा लोग्नेमान्छेको प्रेम ऊ रुवाउँछ तिमीलाई ऊ हाँस्न दिँदैन मलाई र पनि तिमी प्रेम गर र पनि म पूजा गर्छु आऊ पतिदेवकी प्रेमिका हामी गला मिलाऊँ !! (काभ्रे)