बहिरो सरकार छ, गरिबको बाँच्ने रहर छ कसरी धान्ने जीवन, पाइलैपिच्छे जहर छ । एकातिर दुईछाक टार्नकै लागि धौधौ यहाँ अर्कोतिर, विश्वव्यापी कोरोनाको कहर छ । कहिलेसम्म जनताको भोक मेट्छौ सरकार भोक र अभावले दिनदिनै मर्नेको लहर छ । कहिले खडेरीले सेक्छ, कहिले बाढीले बगाउँछ किसानको भागमा जहिल्यै आँसुको नहर छ । (काभ्रे)