लालपुर्जा बेची मुग्लान पस्ने, काहानि कस्को हो ? र सपना बोकी देश छाड्ने, राहदानी कस्को हो ? मुलबाटोमा नजर विछ्याई, कुरी बस्दा आमाहरु जलेर चितामा वेखवर बस्ने, खरानी कस्को हो ? बैँस बिक्ला श्रम बिक्ला, उमेर छदा मुग्लानमा केश पाक्दा फर्काई दिने, जिन्दगानी कस्को हो ? मझेरीमा भए जस्तै, काठको ठूलो बाकस भित्र भरिएर छोरो आउँदा, नोक्सानी कस्को हो ? (झापा)