न मलामी भेटिए न जन्ती भेटिए खै कस्तो विडम्बना यत्रतत्र मान्छेका लाशहरु छरिए खै कस्तो विडम्बना ! हेर्दा हेर्दै यी आँखा अगाडि यस्तो बनायो जिन्दगीलाई मान्छेलाई मान्छेले नछुने भैदिए खै कस्तो विडम्बना ! किन घरिघरि पोल्छ समयले पनि सहनै नसक्ने गरी सेलाएनन् चिताहरु मात्रै दन्किए खै कस्तो विडम्बना ! न Read more
तिमी ऊजस्तै थिएनौ हामी बारम्बार भन्थ्यौँ तिमीलाई तर तिमीले सुनेनौ । उसले जीवनका तमाम सुन्दर पक्षहरु आफ्नो भनिरह्यो नयाँ पाइलाहरु आफ्नै भनिरह्यो बाटोमा भेटिने फूल कलकलाउँदो झरना आफ्नो भनिरह्यो काँडाहरु तिम्रो भनिरह्यो । उसले अवसरका आश्वासनहरु बाँडिरह्यो सिद्धान्तका खाली पानाहरु भजाइरह्यो आँखा बन्द गरेर देखेको अभिनय गरिरह्यो आफन्तलाई पराइ भन्यो Read more
न बर्साउनु, उसलाई फूलका पत्रहरू यति चलाख छ मेरो छिमेक मैले फूल बर्साएँ भने, उसले पत्थर बर्साउँछ र भन्छ, नहिँडोस् बोकी अक्सिजन मेरै छाती टेकी, नाक भएर बहने हावा अनि, आकाशमा उडिजाने चराले न बिस्ट्याओस् र न उम्रियोस्, बर र पिपल । ठोकिन्छ, दक्षिणबाट चलेको सिरेटो मेरै घरको भित्तामा र, Read more
कतै लेखिएको छैन कुनै बहीखातामा ती अनिँदा रातहरूको हरहिसाब न दर्ता छ त्यो रगत नै कुनै दस्तावेजमा । फुटेका चुराहरू सिस्नुघारीमा विसर्जित गरिँदा होस् कि चर्केका ऐनाहरूसँगै सपनाहरू विसर्जन गरिँदा होस् या भाँडाकुटी र पुतलीको बिहे असान्दर्भिक पारिएका बेला होस् राखिएको थिएन कुनै हिसाब । त्यो बेला जब कोपिलाहरू फूल Read more
चुपचाप बगिरहन्छ नदी…… किनारमै घरहरू बनाओस् कैयाँै – मतलब छैन भाँचेर छेउकुनाहरूबाट कुलो लगोस्, नहर लगोस् या लगोस् घरघरमै – मतलब छैन । चुपचाप बगिरहन्छ नदी…….. कुरौटे छन् यी मौसमहरू कान फुकिरहन्छ नदीको । – मतलब छैन । जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन् थिल्थिलो होउन्जेल जहाज दौडाउँछन् विनाकारण थुन्छन् कतै Read more
प्रयोगशालाजस्तो प्रयोगशालामा अर्कै प्रयोगको कसरत छ। जस्तो कि खाली पानाको मुन्तिर मुखियाकै दस्तखत छ। गरी दे डिएनए परीक्षण र बोली दे ए विज्ञान ! हाम्रो नसामा रङ्गनाथ या भीमसेनको रगत छ। कैयौं कुमारहरूको जिन्दगी सिसिफस भएर सकियो यहाँ बस्तीबस्तीमा शिव गणेश छन् र सुमेरू पर्वत छ। न सपारेर सपारिन सक्यो Read more
आऊ यस्तो संसार बनाऔँ जहाँ बगेता पनि आँसु खसोस् फूलमा अनि बनोस् मोती । आऊ यस्तो संसार बनाऔँ जहाँ एक पृथ्वीलाई काटेर अनेकमा बिभाजित गर्ने न कुनै रेखाहरू रहुन् न सिमानाहरू न विचारहरू न वादहरू । आऊ यस्तो संसार बनाऔँ जहाँ समाज बाँड्ने न जात होस्, न धर्म होस्, न Read more
कोही हाहाकार गरिरहेका छन् कोही जयजयकार गरिरहेका छन् हाहाकार र जयजयकारको घेराभित्र एउटा खुकुरी सम्मेलन भुत्ते र धारिला खुकुरीहरूको सम्मेलन उद्घाटित छ, रहस्यमय, अन्त्योन्मुख । भुत्ते खुकुरीहरू घाँस रेट्न थाल्छन् जाँगर छ तर शक्ति छैन धारिला खुकुरीहरू, भुत्ते खुकुरीको परिश्रमको खिलाफमा खित्का छोड्न थाल्छन् भुत्ते खुकुरीहरू रिसले आगो भएका छन् Read more
महल होइन यहाँसम्म पुर्याउने त्यही छानो हो पीडा लुकाएर मुस्कुराउने आदत पुरानो हो । चोट त बन्चरोले पनि सहेकै हुन्छ आरनमा बढी चोटहरु सहिराख्ने सिर्फ अचानो हो । यो झङ्कार यति गुञ्जयमान हुनुको कारण म रुँदा फुटेको आमाको भक्कानो हो । मन रोएको नदेख्नेले खै कसरी भन्यो आँसु बग्ने परेलाको Read more
पढेपछि आफूले कुनै सुन्दर वाल कथा हतार हतार रहर लाग्ने रहेछ पहिले आफ्नै छोराछोरीलाई सुनाऊँ र लाभान्वित बनाऊँ तिनीहरूलाई संसारकै सुन्दर सिर्जना पढाएर ! जब तिनीहरूले मुन्टो बटार्छन् मोवाइलबाट आँखै हटाउँदैनन् र भन्छन्- 'ह्या ड्याडी पनि कस्तो वोर गर्नु हुन्छ भन्या ! कथा पढेर को ठूलो मान्छे बनेको छ खै Read more