न मलामी भेटिए न जन्ती भेटिए खै कस्तो विडम्बना यत्रतत्र मान्छेका लाशहरु छरिए खै कस्तो विडम्बना ! हेर्दा हेर्दै यी आँखा अगाडि यस्तो बनायो जिन्दगीलाई मान्छेलाई मान्छेले नछुने भैदिए खै कस्तो विडम्बना ! किन घरिघरि पोल्छ समयले पनि सहनै नसक्ने गरी सेलाएनन् चिताहरु मात्रै दन्किए खै कस्तो विडम्बना ! न उपचार छ न वेड छ न अक्सिजन छ अस्पतालमा पत्तै भैन को कहाँ कसरी पन्छिए खै कस्तो विडम्बना ! आउ संकटमा आफैले आफैलाई सम्हालेर अघि बढौँ विकल्प छैन अरु गारो छ चिप्लिए खै कस्तो विडम्बना ! (टिकापुर, कैलाली)