उनीहरू विद्यालय बनाउँछन् तर पढन जाँदैनन् । अस्पताल बनाउँछन् उपचार गर्न जाँदैनन् । पालैपालो सबैका लागि मरिदिन्छन् आफ्नो भाग खोज्दैनन् । वर्षौंदेखि पटक पटकका क्रान्ति पटक पटकका बिद्रोह पटक पटकका परिवर्तन उनीहरूकै लागि भनेर अरुहरूकै लागि भएका छन् । सबैका जन्ती सबैका मलामी उनीहरूलाई नबदल्नुहोस् उस्तै राख्नुहोस् उनीहरू नभए कसले Read more
म तिम्रो सालिक बनाउने छु तिम्रो शरीर तिम्रो छालाजस्तै गहुँभन्दा गोरो बनाइदिनेछु, शिरमा मुकुट भालेको सिउरबाट बनाइदिनेछु एक हातमा मनुस्मृतिको बढेमानको किताब राख्दिम्ला काधमा तिम्ले सदियौँदेखि बाँधेको कुरितीको डोरी नि सजाइदिम्ला मुटु ? जिउँदो हुँदा नभएको मुटु सालिकभित्र कसरी कल्पना गर्न सक्नु ? बरु आँखा बनाइदिम्ला आँखामा मज्जाले अट्ने सनग्लास Read more
वर्णमा मोह समाहित लालसाका चक्षुहरुबाट नियालिने क्षणिक आनन्दको दृश्य रहेछ प्रेम पीडित उनी भन्छिन् जुन दृश्यमा, मलाई हातपात गरिएको छ। जसरी जडियाले भट्टीमा साहुनीलाई गर्छ । लौ मेरो प्रेमीले आज बलात्कार गरेछ, हिजो मात्र मलाई हृदयको आगनमा दाहिने पाइला राख्न लगाएको थियो । आजकाल फिल्म हेर्दै गर्दा जबर्जस्तिको `सिन´मा हामीलाई Read more
कति रमाउनु हामी बेसोमतिमा पनि जुलुस भर्दै छ सडक आफ्नै क्षतिमा पनि । जत्ति खाए पनि सेकबिसेक नभएपछि कसले पो गर्छ र विश्वास ओखतिमा पनि । गनगनमै समय बित्दै छ अचेल उनको शङ्का भएछ कि साँचो परिणतिमा पनि । क्रुद्ध काली समक्ष मरिरहेछन् छोरीहरू के पो गर्नू र अर्चना भगवतीमा Read more
प्रिय शशी, म सूर्य तिमी चन्द्रमा तिमी साँझमा, म प्रातमा म ताप, तिमी शितलता म दिनको यात्री, तिमी निशाकी तिमी पश्चिम हुँदा म पूर्व यस घोर विषमताको बिचमा अनि के सम्भव छ र सहयात्रा ? प्रिय शशी, के तिमी देख्छ्यौ र कुनै लक्षण हाम्रो सामीप्याताको ? हामी दुई अलिकति नजिक Read more
हौ ठुले लुङ्वा ! कुन जुनीको सराप पो भोगिस् हौ तैंले । हेर्न् तेरो पिल्सिएको तालु हेर्न् तेरो हातमा फुटेका ठेलाहरू हेर्न तेरो कुर्कुच्चाको गत्ति । ए ठुले लुङवा ! कुन जुनीको सराप पो भोगिस् हौ तैंले। जीवनको उकालो, ओरालोहरूमा नदेखेको होइन तैंले सपनाको हिम नबुनेको होइन रहरका थुप्रै थुप्रै Read more
हजारौँ खुसीको बलि दिएर जिन्दगीका सुन्दर बगैंचा तहसनहस पार्ने केवल त्यही सम्झना थियो आउँथ्यो प्रतिपल मारेर जान्थ्यो एष्टे् बनेर आफै पोल्दै सपनाको अस्तु आफैभित्र सेलाएर जान्थ्यो । हाम्रो खुसीको एकएक पलको हिसाब गरेर ब्याज सहित असुल गर्न नयनबाट बलिन्द्र धारा अश्रु बनेर आउँथ्यो । यो भग्न हृदय अनि अभिशप्त जीवनलाई Read more
चित्रविचित्रको यो पतझड् दुनियाँभन्दा पर एउटा एकान्त सत्य ! सुन्दर !! त्यत्तिकै सुमधुर !!! दुनियाँ छ जहाँ -झोर हुँदैन -छञ्झा हुँदैन -झञ्झट् हुँदैन सृष्टिको अनन्त पग्लेर जलका थोपाहरूमा इन्द्रधनूषका रङ्गहरूमा गुलाफका थुङ्गा र इन्द्रकमलका वास्नामा सधैँ सधैँ मधुमास फैलदो छ सुटुक्क पसौँ त्यहाँ समग्र आत्मसात गरेर बिस्तारै फर्कौँ -हतार छैन Read more
ए दाइ ! छोड्न धारो, पानी भर्नु छ, छोइएला बिचार गर स्वर्ग तर्नु छ ।। बिहानै तुलसी छोइ, कान्छी दमिनीले, चोख्याउनलाई सुन पानी छर्नु छ ।। धेरै भो नाक बुच्चो , कान छ खाली, बनाउन सुनारकोमा बेँसी झर्नु छ ।। घाँटी काटे नरेटिने धार छ हँसियाको, वर्षभरि पाथी चामलको पर्म Read more
झमझम झरी दर्किरहेछ बाहिर मकैको पात हल्लाएर कतै गइरहेको बतासमुनि डिल नाघेर बग्दैछ सङ्लिसकेको भल । खेतीको यौटा सिजन हुन्छ हतार नगरे छोड्छ बेलाले त्यसैले हलो, कोदालो, ट्रयाक्टर, स्काइभेटर कलम,टि-पेस्ट,फायल,क्यालकुलेटर सबै-सबैलाई हतार छ हतारको अर्को नाम हो असार । वनमारा फुलेको खेत आली भित्ता ताछेर सिनित्त पार्छ खेताला, पर्मेली, साँझ Read more