हजारौँ खुसीको बलि दिएर जिन्दगीका सुन्दर बगैंचा तहसनहस पार्ने केवल त्यही सम्झना थियो आउँथ्यो प्रतिपल मारेर जान्थ्यो एष्टे् बनेर आफै पोल्दै सपनाको अस्तु आफैभित्र सेलाएर जान्थ्यो । हाम्रो खुसीको एकएक पलको हिसाब गरेर ब्याज सहित असुल गर्न नयनबाट बलिन्द्र धारा अश्रु बनेर आउँथ्यो । यो भग्न हृदय अनि अभिशप्त जीवनलाई तिम्रो सम्झनाबाट भगाइरहन खोज्ने मेरो प्रयास सफल कहिल्यै भएन । यस्तो नशा रहेछ सम्झना जसलाई कुनै रिहाबमा लगेर छुटाउन नसकिने कुनै अर्थमा भुलाउन नसकिने नसम्झने प्रयास गर्नु झनै सम्झनु रहेछ बिर्सने प्रयास गर्नु अझै सम्झनु रहेछ । मौनतामा आँसु पिउने बानी त परेकै थियो कोहीविना बाच्ने अभ्यास गर्नु थियो अर्धमृत अवस्थाबाट ब्युँझिएर बाँच्न र बाँचिदिन पर्ने बाध्यता अनि कस्तो बिडम्बना थियो । त्यो अतीत, त्यो मुस्कान अनि त्यो खुसी आज अज्ञात शून्यतामा बलात्कृत भएर आत्मदाह गरिरहेको आभाष हुन्छ अनि कहालीलाग्दो दु:खका छर्राहरुले मुटु छेडिदिन्छ । तर गुनासो छैन जिन्दगीसँग आखिर सम्झनामा यस्तो रुवाइ रुन पाउँछु भने हजारौं खुसीको हत्या गर्न सक्छु मेरो मनको अदालतमा सजायको कुनै दफा छैन जुन तिम्रो सम्झना र तिम्रो अभावको पिडाको बदलामा तिमीलाई दिऊँ । (मान्द्रे, भोजपुर)