चित्रविचित्रको यो पतझड् दुनियाँभन्दा पर एउटा एकान्त सत्य ! सुन्दर !! त्यत्तिकै सुमधुर !!! दुनियाँ छ जहाँ -झोर हुँदैन -छञ्झा हुँदैन -झञ्झट् हुँदैन सृष्टिको अनन्त पग्लेर जलका थोपाहरूमा इन्द्रधनूषका रङ्गहरूमा गुलाफका थुङ्गा र इन्द्रकमलका वास्नामा सधैँ सधैँ मधुमास फैलदो छ सुटुक्क पसौँ त्यहाँ समग्र आत्मसात गरेर बिस्तारै फर्कौँ -हतार छैन ढोका बन्द गरेर घरभित्र बसौँ ढोका खोलेर घरबाहिर निस्कौँ निस्के पनि बसे पनि -टल्पल थोपाहरू -झल्मल रङ्गहरू -ढल्पल थुङ्गाहरू -स्नेहसिक्त वासना कति सुन्दर छ संसार हकि ??