ए दाइ ! छोड्न धारो, पानी भर्नु छ, छोइएला बिचार गर स्वर्ग तर्नु छ ।। बिहानै तुलसी छोइ, कान्छी दमिनीले, चोख्याउनलाई सुन पानी छर्नु छ ।। धेरै भो नाक बुच्चो , कान छ खाली, बनाउन सुनारकोमा बेँसी झर्नु छ ।। घाँटी काटे नरेटिने धार छ हँसियाको, वर्षभरि पाथी चामलको पर्म गर्नु छ ।। कसै गरे पनि छोड्नु हुन्न धर्म हाम्रो, जति बोल को छ सुन्ने मेरै सर पर्नु छ ।। (टीकापुर , कैलाली /हाल : भारत)