बारीका डिलको सतिसाल काँल्लेबारीको थाप्लो सालैपिच्छेको मल मलभन्दा पनि गाढा किसानको पसिना त्यही डिलमा हराएको हरायै छ बोट हुर्किँदै थियो गोडमेल निरन्तर थियो वसन्तमा फक्रिँदो गन्धले मालीको ध्यान आकर्षित थियो त्यो बोट उमेर छिप्पिएर फुल्यो । परारसम्म पूmल उस्तै फुल्यो मुना उस्तै पलाए पोहोरदेखि अर्काे रुखका हाँगासँग हाँगा खप्टिएछ बोक्रो Read more
हिँड्दा-हिँड्दैको यात्रा अचानक रोकेर मेरो छेउमा उभिएको छ एउटा मानिस । मैले, जिज्ञासाको नजर फाल्दै त्यस मानिसतर्फ हेर्न नभ्याउँदै उसले भन्यो सपनाहरू हराएका छन् म खोज्न हिँडिरहेको छु । उसको कुरा सुनेर आश्चर्यचकित हुँदै हेरिरहेँ एकनास तलदेखि माथिसम्म उसलाई । खुट्टामा फाटेका गोल्डस्टार जुत्ता थिए शरीरमा मैलो परेका पातलो कलेजी Read more
एक युग बोकेर शताब्दीलाई चुनौती दिँदै इतिहासका प्रत्येक कालखण्डहरुमा न हार्यौ तिमी, न हार्नेछौ, न हार्नको लागि यस धर्तीमा प्रसव पीडाको चीत्कारसँगै एक खिल्ली मिठो मुस्कान छरेर धर्ती टेकाएको थिएँ तिमीलाई । प्रसव पीडासँगै रगतले लत्पतिएका हिलाम्मे निथ्रुक्क रुझेका सिथिल शरीर लर्बराउँथ्यो,थर्थराउँथ्यो, काप्थ्यो लगलगी, बेहोस बेहोसमै मुर्छिएर तर पनि भविष्यका Read more
अचेल जङ्गलमा रुखहरू उम्रिन्दैनन्, भक्कु घरहरू पलाउँछन्, घरहरूले घरकै लागि रुखहरू ढलाउँछन् । जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने रानीचरी सत्ताच्युत भएर बेपत्ता भइसकेकी छन् । हेर्दा हेर्दै क्यामुनाको त्यो रुखको अपहरण भएछ, आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ, गाँस,बास,कपासको आन्दोलनमा जङ्गलको बासको उठीबास भएछ। रातभरि/दिनभरि ठिङ्ग उभिएर गाउँलाई पहरा दिने Read more
रगत र पसिनाबाट अलिकति नुनिलो लिन्छ कविताले ऋतुहरूसँग लिन्छ केही मन लागेको रङ्ग अनगिन्ती स्मृतिहरू र अनुभवहरूबाट केही अँध्यारो ,केही उज्यालो र केही आवाज सपनाको विशाल भण्डारबाट केही कल्पना र केही जादू लिन्छ विस्तृत मैदानहरू,अनकन्टार जङ्गलहरू, चुनौती दिइरहेका पहाडहरू, निचाट मरुभूमि, हराभरा उच्चसमस्थली नदीहरू र समुद्रबाट केही रूपक र केही Read more
सुनसान त्यो अँधेरी रात चिर्दै पूर्वी क्षितिज रातो हुने विहानी तुषारोमा कठ्याङ्ग्रिएकी जुनेली थोरै तातो हुने विहानी शहीद हुनुभन्दा अलि अघि रुक्मेल्नीले सपनामा देखेकी चरीहरु चिरबिर गर्दै उठ्ने हो, त्यही विहानी कतै भेट्यौ कि त जुनेली ! अभिलाशाहरुमा बर्षे भेलका नालाहरु चिरा चिरा पारेर जमीन हो, मध्यरातको सपनीमा साउने झरीसंगै Read more
देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।। देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।। फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।। चसक्क मनमा, त्यो शब्द Read more
लेख्न त हाम्राले पनि लेख्छन् - साहित्य [ सुकुल गफ ] तर निषेधको राजनीति दिवार बनेर ठडिएपछि बिभेद ठुस्स गह्नाउँछ [ गफको प्रस्थान बिन्दु ] जस्तोकि, उनीहहरूले जे लेखेपनि -कविता बन्छ -निबन्ध बन्छ -उपन्यास बन्छ -कथा बन्छ [ एउटा उदाहरण ] बिडम्बना !! हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन [ बिभेदको गन्ध ] Read more
प्रिये ! म हिजो आज एउटा कारागारमा छु एउटा बन्दी कारागार कोठाभित्र छु यो कारागारको सजाय होे म्याद कहिले सकिन्छ थाहा छैन तिम्रो प्रेमको कारागार भन्दा सयौँ गुना पीडादायक छ यहाँ म बन्दीगृहमा छु यो बन्दीगृह हो । कसुर, मेरो जीवन भोगाइको हो कसुर, मेरो जीवन जिउने आधारको हो । Read more
एउटा सेतो पन्ना आफ्नो व्यापक परिधिभित्र फितलो भइरहेको छ आज त्यो पन्नाभित्र अटेको छ धरती र सौर्यमण्डल न्युटन र पास्केलका सूत्रहरू पनि त्यहीँ कोरिएका छन् आफ्नो दस रुपियाँको स्टेटस् गोजीमा लिएर हिँडेको छ ऊ अरूको स्टेटस् बनाउन कैयौं बक्र रेखालाई सरल पारेको छ उसले आफै बाङ्गिएर । ऊ ज्ञानी छ Read more