लेख्न त हाम्राले पनि लेख्छन् - साहित्य [ सुकुल गफ ] तर निषेधको राजनीति दिवार बनेर ठडिएपछि बिभेद ठुस्स गह्नाउँछ [ गफको प्रस्थान बिन्दु ] जस्तोकि, उनीहहरूले जे लेखेपनि -कविता बन्छ -निबन्ध बन्छ -उपन्यास बन्छ -कथा बन्छ [ एउटा उदाहरण ] बिडम्बना !! हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन [ बिभेदको गन्ध ] प्रश्न: के बन्छ त ? उत्तर: शरणार्थी साहित्य बन्छ रे [ प्रक्षिप्त कथानक ] अरे अनि साहित्य आफैमा -सार्वभौम सत्ता हो -अन्तस्करणको बिशुद्ध स्फूरण हो -सत्यको सुन्दर प्रकाशन हो र ग्राह्य आलोचना साहित्यको सौन्दर्य हो, होइन र? [ सत्यार्थ प्रकाशन ] अनि त भन्दैछु अघिदेखि नै यो सब बुझेका बुझक्कडहरू हो तिमीहरूलाई एउटा प्रश्न साहित्य कहिलेबाट शरणार्थी हुन थाल्यो हँ ? [ अनुत्तरित प्रश्न ] पर्दा खस्छ प्रश्न अनिर्णयको बन्दि बन्छ समाप्त (अमेरिका )