देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।। देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।। फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।। चसक्क मनमा, त्यो शब्द बिझ्छ, भन्दिनँ केइपनि अत्ति त नभन्, ठिकै छ यार, भन्दिन्छु मपनि ।। त्यसैले साथी, फोन गर्दा मलाई, नसोध न कमाइ छैन यार मनि, यो ठाउँमा बस्या, रमाई-रमाई ।। देख्या थेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथे सधैं, डलरको बिटो, सजिलै कमाको ।। (न्यूजिल्यान्ड)