सुनसान त्यो अँधेरी रात चिर्दै पूर्वी क्षितिज रातो हुने विहानी तुषारोमा कठ्याङ्ग्रिएकी जुनेली थोरै तातो हुने विहानी शहीद हुनुभन्दा अलि अघि रुक्मेल्नीले सपनामा देखेकी चरीहरु चिरबिर गर्दै उठ्ने हो, त्यही विहानी कतै भेट्यौ कि त जुनेली ! अभिलाशाहरुमा बर्षे भेलका नालाहरु चिरा चिरा पारेर जमीन हो, मध्यरातको सपनीमा साउने झरीसंगै पहिरो गएपछि भालेको डाकोसँगै जुर्मुराउने भेटिदै भेटिएनछ त जुनेली त्यो विहानी ! मीठो निद्रा खल्बल्यउदै सुस्त सुस्त पदचापसँगै गाग्री बोकेर पँधेरा जाँदा उठ्ने विहानी सोध जुनेली अ, हो उनैलाई धर्ती आकाश थर्काउने गरी सोध र लेख तिमीले मुठ्ठी पारेर उठाएका जोसिला पाखुरीमा खै किन नउदाएको होला विहानी ! (रुकुम पश्चिम)