पहिलो पटक बचरा गुड छोडी गएपछि बिचरा परेवा जोडी एक्लो जस्तो भएपछि , चिन्ता पर्दोरहेछ - नियास्रो लाग्दो रहेछ भोक- निद्रा सबै टाढा भाग्दो रहेछ । जब बचरा गुड छोडी उडी गए परेवा जोडी नियास्रिए- चिन्तित भए, आमा चरी बिचरीको थामिएन आँशुको झरी बाउ चरा बिचरालाइ पनि लाग्यो पल शुन्यसरि । संसारको रित शायद यस्तै हुँदोरहेछ बचरा बिना चराको मन रुदो रहेछ, तर बचरालाइ स्वच्छन्द उडान भर्न दिनै पर्दोरहेछ शुन्यताको पिडा सायद पछि समयले भर्दोरहेछ । बचराले तर आफ्नो गुड भुल्नु हुन्न है लक्ष्य तर्फ बढ्नु पर्छ - यत्रतत्र डुल्नु हुन्न है, अध्ययन मनन गरी दक्ष सक्षम हुनुपर्छ उडान उच्च राखी चन्द्र अनेक छुनुपर्छ । चारा टिपि दिनभरि साँझ गुडमा फर्क है बाज चील पन्क्षीसंग बन तिमि सतर्क है, तिमी पन्क्षी हौ - परिवार प्रेम र शान्तिको प्रतीक सक्नुपर्छ तिमिले छुट्याउन अब ठिक र बेठीक ।। (नेपालगन्ज)