एउटा सेतो पन्ना आफ्नो व्यापक परिधिभित्र फितलो भइरहेको छ आज त्यो पन्नाभित्र अटेको छ धरती र सौर्यमण्डल न्युटन र पास्केलका सूत्रहरू पनि त्यहीँ कोरिएका छन् आफ्नो दस रुपियाँको स्टेटस् गोजीमा लिएर हिँडेको छ ऊ अरूको स्टेटस् बनाउन कैयौं बक्र रेखालाई सरल पारेको छ उसले आफै बाङ्गिएर । ऊ ज्ञानी छ विद्वान पनि हो तपाईं "डलर" र "यूरो" सँग उसको स्टेटसको तुलना गरेर उसलाई जिल्ल पार्न खोज्नुहुन्छ नि हा..हा..हा ! त्यही भुल नै हजुरको दुःखको कारण हो ऊ त्यागी छ त्याग नै उसको प्रसन्नताको कारण हो एकझोला मुस्कान लिएर हिँड्छ ऊ ताराहरूमा खुसीको रङ्ग पोत्न । आखिर उसलाई के सुख छ ? किन मुस्कानका रेखा नहराएका उसका अधर देखि यही कुरा सोच्दा सोच्दै हजुरलाई तनावले घेर्यो होला होइन ? नडराउनु आउनु उसको स्टेटस् तपाईं पनि भिरेर हेर्नु मुस्कान सित्तैमा भेट्नु हुन्छ ग्यारेन्टी मेरो किन आनाकानी गर्नु भएको ? मलाई थाहा छ दस रुपियाँको स्टेटस् भिर्न त्यति सजिलो छैन पृथ्वीजस्तै विशाल हुनुपर्छ समुन्द्र जस्तै गहिरो आकाश जस्तै बृहत् जल जस्तै शान्त छ ताकत ? छैन होइन ? "तथ्य त जताततै छरिएको छ बटुल्न मात्रै पर्छ" भन्नेहरूले ज्ञान लिएर देखाउन त ज्ञान लिन त त्यही सेतो पन्ना चाहिन्छ जो हिजोआज बडो लुलो भएको छ तपाईंहरूका व्यङ्ग्य व्यवहारले । मेरो अनुरोध त्यो सेतो पन्नामाथि नानाथरिका व्यङ्ग्य भिडियो नबनून् "गुरु ब्रह्मा गुरु विष्णु."...... को कुनै रिमिक्स नबनोस् । (विश्वनाथ, असम)