बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न, रातको बढ्दै गइरहेको अँध्यारोको एकान्त र चिसोपन, छिनछिनमा उङ्ने आँखा । घरीघरी बजिरहने रात्रीबसको हर्न र बिस्तारै चहलपहल हराउँदै गइरहेको रात्रीकालीन होटलहरु । सडकछेउमा उभिएर साथीहरु पर्खिरहनुपर्ने योभन्दा उदेकलाग्दो क्षण अरु क्यै छ ? Read more
१ बेला बखत छल गरेर जित्न पल्किएको! ख्यालै हुन्न सम्बन्धमा आगो सल्किएको! धर्म कर्म रीतिरिवाज कुल्चिएर हिडेपछि! नदेखे झैं गर्यौ तिम्ले आँसु छचल्किएको! २ यस्तै नियति पटकपटक भोग्नु परेको छ! आक्रोशको आवेगलाई रोक्नु परेको छ! सबैले बलेको आगो ताप्छन् भन्ने बिर्सेछु! त्यसैले आफ्नै देहमा आगो झोस्नु परेको छ! ३ पिर चिन्ता Read more
दु:ख अन्तको भाषा थियो र भाषाको अन्त थियो दु:ख अन्धकारको व्याकरण थियो अनि व्याकरणको अन्धकार थियो दु:ख एक्लो पनको चित्कार र एउटा चित्कारको एक्लोपन थियो । दु:ख भित्री गुफाको निरुद्देश्य खोजले भरिएको यात्रा थियो दु:ख एक्लै भोगिने एउटा स्वार्थपूर्ण कामना थियो । दु:ख जुत्ताभित्र छिरेको ढुङ्गा थियो बगाइएको आँसुको एउटा Read more
केलाउँछौ बोडी न पुग्छ तिमीलाई, न मलाई। खुवाउन छोडी न पुग्छ तिमीलाई, न मलाई। बोली काट्न नसक्नु, ठूलो कमजोरी रह्यो ! वचन तोडी न पुग्छ तिमीलाई, न मलाई । कोही प्रति आस्था वा विश्वास गर या नगर ! नसमाई गोडी न पुग्छ तिमीलाई, न मलाई। कछुवाको गतिमा, अगाडि बढौला नेप्टी! Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more
घुम्दाघुम्दै भोक पनि लाग्यो र खाने बेला भयो। त्यसपछि इकोसिष्टमको पाठ पढेको बिद्यार्थीलाई अमेरिकाको एउटा शहरमा एउटा सानो प्लाजामा खाना ख्वाउन गुरूले लिएर जानुभयो । बिद्यार्थीलाई प्लाजा देखेर ताजुब लाग्यो। लामो गुहाली जस्तो एकतले बिल्डिङमा एउटा फाष्टफूडको होटेल खोलेको। होटेलको दाहिने छेवैमा कार इन्सुरेन्सको पसल। त्यसपछि लस्करै नङ सिँगार्ने नेल्स, Read more
तिमी जलिरहँदा तिम्रो छटपटीमा तिम्रा मौन बिलौनाहरुको बिरही धुनमा म आँखा चिम्लेर कान थुन्न सकिनँ आमा ! चरक्क चिरिएको तिम्रो छातीलाई हेरेँ भोक, रोग र शोकका असङ्ख्य पीडा कोचिएका समता, समावेशी र ममतामयी कोठारहरुमा राक्षेसी दानव र सकुनीहरुले निर्वाद परेड खेलिरहेका थिए । जनजीवनको दैनिकीलाई बिच बाटोमै रोक लगाउँदै बिचौलियाहरु Read more
भजनसिंह उमेरसॅंगै बढे । पढे । घरजम गरे । परिवार सङ्ख्या बढाए । खरिदार तहको सरकारी सेवामा लागे । अहिले समयसॅंग समानान्तर रेखामा कुद्न कोशिसरत छन् । शरद ऋतुले दशैँलाई के गाउॅं के सहर चारैतिर फिॅंजाएको थियो । उनीहरूको घर सल्लाहमा दशैँ किनमेलको विषयले प्रवेश पायो । वर्षेनी किनमेलको क्रमबद्ध लेखिएको मागहरू भजनसिंहको हातमा श्रीमती र दुई छोराछोरीबाट थमाइन्थ्यो । यो पालि भने घटस्थापनाको पूजाआजासॅंगै मौखिक रुपमा मागहरू आए । “आइफोन तेह्र प्रो म्याक्स जसरी ... Read more
मेरी भूतपूर्व प्रिय मान्छे ! आज तिम्रो विजयोत्सवको धुनले मेरा सामान्य जीवनको लय तरंगित बनेको छ । टेकेर मेरा छातीमाथि कुनै नावालकझैँ उभिन सिक्यौ र पो आज बेरोकटोक पाइला चाल्न पाइरहेकी छ्यौ निन्तर तोडेर मसितको सम्बन्ध उड्न जान्यौँ गुँड छाडेकी चरीलेझैँ र पो आज निश्चिन्त शिखरमाथि मुस्कुराउन पाएकी छ्यौ मुसुक्क Read more
मन बहकिरहन्छ । तह लाउन हम्मेहम्मे पर्छ । तह लाएरै मन निचोड्न हुँदैन पनि । बरू आफै मनको पछिपछि दगुर्न सक्नुपर्छ । मौका परे मनको लड्डु घ्यूमा चोबेर खान सक्नुपर्छ । वा, मनलाई उचित व्यवस्थापन गर्नुपर्छ । कहिले कर्तव्यदेखि टाढा भाग्छ मन । कहिले कर्तव्यसँगै हिँडिदिन्छ । कर्तव्यलाई त हरघडी Read more