वासन्ती वैशाख उत्साहित थियो । जहाँ कोइलीको आवाजसँगै चुनावी सारगर्मी बढेको देखिन्थ्यो । चमेरे प्रमुखसँग चमेराहरुको सभा चल्यो । चमेरे प्रमुखसँग एक हट्टाकट्ठा चमेराले भन्यो, “हामी जहाँ पनि झुन्डिन पाउनुपर्छ; चाहे त्यो समूहगत झन्डा होस् या राष्«ि«ट्रय ।” गुफा झकिझकाउ बनेको थियो । “बिजुलीको उज्यालोले असर ग¥यो” भन्दै चमेराको आन्देलन Read more
निमारुखर्क गाउँका मानिसहरु यसो फुर्सद मिल्यो कि मीत’बाको घरतिर लम्कन मन पराउँछन्। खास भन्न पर्दा हाम्रा मीत’बा अवकाश प्राप्त ब्रिटिश लाहुरे हुन्। जागिरे छँदै यिनले ठुलै खर्च गरेर आफ्ना चार छोराहरुलाइ काठमान्डूमा नाम-चलेको ‘बोर्डिङ्ग’ स्कुल पनि पढाएका रे। केटाहरुले पनि फटाफट पढाइ सिध्याएर आफ्नो बाटो विदेशतिर तताएको बर्षौं भइसक्यो। पोहोर Read more
म कहिलेकाहीँ सूर्य बन्न खोज्छु सारा संसारलाई एक समान उज्यालो प्रकाश छर्न । म बादल बन्न खोज्छु वर्षाद गराई सबैको प्यास मेटाउन म जुन बन्न खोज्छु रात्रिकालीन अँध्यारो चिर्न। म मानिसको मनमा बस्न खोज्छु तिनीहरुको कलुषित मनलाई सफा पार्न । यसरी म म भित्रै हराँउछु अरुका लागि मात्र अरुका लागि Read more
१ नक्कली डाक्टरको भर पर्दिन् भन्नुभयो बाले उसको प्रयोगशालामा मर्दिन् भन्नुभयो बाले गरिवले मर्दा नि कर तिर्नु पर्ने यो देशमा भो उपचार अब गर्दिन् भन्नुभयो बाले ।। २ बैंकले धितोमा घर खेत लिएर पठाएको छ डाक्टरले अन्तिम मिति दिएर पठाएको छ कसरी भनोँ मैले यी सबै कुरा आमासित परिस्थितिले मुख Read more
गोडि हिँडे त्यैपनि माया बसेछ मोडि हिँडे त्यैपनि माया बसेछ । एकछिन थाकेर बसेको सिँयाल छोडि हिँडे त्यैपनि माया बसेछ । प्रेमिल जोडी भइ छाता भिजेर ओडि हिँडे त्यैपनि माया बसेछ । गाउँ सहरमा बटुलेको मिठास तोडि हिँडे त्यैपनि माया बसेछ । छैन जरूरत अब सामान भनेर फोडि हिँडे त्यैपनि Read more
मेरो मृत्यु उत्सव मनाएर श्रद्धाञ्जलीको फ्रेम बोकी चहर्याइरहेको घाउमा नुन छर्न , छट्पटाइ रहेको आफ्नाहरुको अर्धमृत शरीरमा निर्ममतापुर्वक तिर हान्न, रोदनका चिच्याहटहरुलाई मजाक बनाउन, सान्त्वना नामको आदर्श बोकी मेरो बस्तीहरुमा आउने अधिकार थिएन तिमीलाई । हिजो पनि तिमी नै आउँथ्यौ छेपारोझैँ रङ्ग फेरेर मेरो मायाको चिहान बनाउन, हरेक बहानामा तड्पाई Read more
सुनिताले घरमै मसाल जुलुल निकाली, आन्दोलन गरी र प्रकाशलाई झुक्न बाध्य पारी । तैपनि प्रकाश गलेन । “हाकिमकी श्रीमतीले लगाइन् भन्दैमा तिमीले पनि त्यस्तै हार लगाउँछु भन्न मिल्छ ? त्यत्रो लाख रुपियाँ कहाँबाट जुटाउनु मैले ?” प्रकाशले सम्झाउन खोज्यो । “जीवनमा मैले अरु के मागेकी छु र ?जावो एउटा Read more
जनै तागाधारीको सबभन्दा बलियो प्रमाणपत्र हो । प्रमाणपत्र मात्र हैन, प्रमाणै हो । जनै छैन भने उसको जात पनि छैन । काँधमा जनै छैन भने बाहुनक्षत्री जस्तो ‘चोखो जात’ हुँ भन्दैमा कसले पो पत्याउँछ र ! हैन कसैलाई जातभातको मतलबै छैन भने त यी सब कुरा किन चाहियो Read more
वर्तमान समयलाई कम्यूटर एवं डिजिटल युग भनेर जानिन्छ। अठारौँ शताब्दीको अन्तमा सूत्रपात भएको औद्योगिक क्रान्तिले समाजमा नयाँ परिवर्तनको हुरी लिएर आयो। यस क्रान्तिको फल स्वरूप वस्त्र उद्योगमा भएको मशिनीकरणले पूरै विश्वको कायापलट गरिदिन्छ। विज्ञानको सामर्थ्य एवं विकासवादको नीतिले सूचना क्रान्तिको पनि सूत्रपात हुन समय लागेन। टेलीफोन एवं रेडियोको अविष्कार, सूचना Read more
‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’ धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो। ‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’ चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर Read more