चारैतिर तिज पर्वले वातावरण छाएको थियो । बाटोघाटो, गाडी र घरहरू रातैराता बनेकाले आँखा लठ्ठिएका थिए । विगत वा वर्तमान, चाडले मन हर्षित तुल्याएको थियो । मेरो दृष्टि भने एक्कासी पन्ध्र दिनअघि चलेको ठुलो दरे भोजनस्थानतर्फ पुग्यो । दरका परिकारले कोल्टो फेरेको देखेर मैले उनलाई भनेँ, “हैन, हिजोको हाम्रो दर Read more
सुरुवात र गन्तव्य दुबै एकिन नभएको एउटा यात्रा सँगै हिँडिरहेका थियौं हामी एउटा तिमी र अर्को म । सँगै हिँड्नुको औपचारिकता हामी हाँस्यौं,रोयौं र रमायौं साथसाथ र कहिले समायौं एक अर्काका हातहरु भीरहरुमा, पहिराहरुमा र जँघारहरुमा । तिमी भन्थ्यौ– यसैगरी हिंडनुपर्छ जीवनभर तिमी भन्थ्यौ– यसैगरी हाँस्नुपर्छ जीवनभर र भन्थ्यौ– यसैगरी Read more
जुन देशमा नागरिकताभन्दा बढी पासपोर्टको महत्त्व हुन्छ त्यो देश होइन त्यो कारखाना हो कारखानामा किसिम किसिमका सामानहरु उत्पादन हुन्छ सानो/ठूलो कालो/सेतो अस्थायी/स्थायी सस्तो/महंगो छानी छानी बिक्री हुन्छन सामानहरु बिक्री हुन सामानहरुलाई सिर्फ एउटा पासपोर्ट चाहिन्छ पासपोर्ट बोकेर सामानहरु कारखानाबाट जान्छन संसारभर बेचिनलाई पासपोर्ट भन्नु के हो र ? सामान बेच्ने Read more
एक जुग बगेँ नदी जस्तै, नदीसँगै एक जुग बहेँ हावा जस्तै, हावासँगै एक जुग छरिएँ घाम जस्तै, घामसँगै माटो जस्तो मेरो छाती कोही गएको थियो कुल्चिएर आज म रुमल्लिइरहेछु अँध्यारोमा, अँध्यारो जस्तै त्यही लोकतन्त्रको खोजीमा रामगुलावी ! रातपछि त बिहान हुन्छ होला नि है ! (धनगढी) Read more
लेखनका क्षेत्रमा निरन्तर लेखिरहन सक्ने नाम हो तेजविलास अधिकारी । कहिल्यै अल्छी मानेर, हाई काढेर बस्दैनन् उनी । उनी लेखिरहन्छन् र लेखन नै उनको ऊर्जा बनिरहन्छ । कहिले गजल लेख्छन्, कहिले कविता लेख्छन्, कहिले हाइकु लेख्छन्, कहिले मुक्तक लेख्छन्, कहिले अरुका किताबहरुमाथि समीक्षा र टिप्पणीहरु लेखिरहन्छन् । आफ्नो Read more
धन भन्दा बिद्या ठूलो भन्ने आधार छ, तर पनि पैसामै अडिएको संसार छ। धन पनि क्षणिक, यो जीवन पनि क्षणिक, खै, किन हो तिम्रो वजनमा अहंकार छ। कति कुरुप बनाइदियो पैसाले मानिसलाई, न कसैमा दया छ, न त मनमा प्यार छ। छ त यहाँ केवल प्रतिस्पर्धाको भावना, दुनियाँलाई त जितौला Read more
१. प्रस्थापना : साहित्य जीवन र जगत् को अनुभूतिमात्र होइन भावनाको मनोरम प्रवाह , जिउने कलाको सुन्दर शब्द-चित्र र सङ्घर्षको पर्याय पनि हो । हरेक देशको साहित्य त्यहींको प्राकृतिक अवस्था , भौगोलिक वातावरण , सामाजिक परिवेश र सांस्कृतिक परम्परा , जनतामा अन्तर्निहित अनुकूल भावनासित गाँसिएको हुन्छ । त्यसैले युद्धप्रसाद मिस्र Read more
“हजुर महाराज यो बत्तिसौँ दोकान खोलियो ।” काजी भिम मल्लले राजा प्रताप मल्लको प्रश्नमा दिदै भने । काजी भिम मल्लले सहरमा आज बत्तिसौँ पसल खोलेका थिए । “तपाईले पसल खोलेर अति उत्तम कार्य गर्नुभयो, मैले केही बोल्नु पर्दैन ।” राजाले स्यावासी दिदै भने तर काजी मल्लले उनको अनुहारमा खुशी देखेनन् Read more
जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो । शारिरिक रुपमा पनि कमजोर छु भन्ने Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।