एक जुग बगेँ नदी जस्तै, नदीसँगै एक जुग बहेँ हावा जस्तै, हावासँगै एक जुग छरिएँ घाम जस्तै, घामसँगै माटो जस्तो मेरो छाती कोही गएको थियो कुल्चिएर आज म रुमल्लिइरहेछु अँध्यारोमा, अँध्यारो जस्तै त्यही लोकतन्त्रको खोजीमा रामगुलावी ! रातपछि त बिहान हुन्छ होला नि है ! (धनगढी)