सुरुवात र गन्तव्य दुबै एकिन नभएको एउटा यात्रा सँगै हिँडिरहेका थियौं हामी एउटा तिमी र अर्को म । सँगै हिँड्नुको औपचारिकता हामी हाँस्यौं,रोयौं र रमायौं साथसाथ र कहिले समायौं एक अर्काका हातहरु भीरहरुमा, पहिराहरुमा र जँघारहरुमा । तिमी भन्थ्यौ– यसैगरी हिंडनुपर्छ जीवनभर तिमी भन्थ्यौ– यसैगरी हाँस्नुपर्छ जीवनभर र भन्थ्यौ– यसैगरी जिउनुपर्छ हर जूनी म मुन्टो हल्लाउँथें (सँगै हुनुको औपचारिकता) कहिले बुझेर कहिले आधा बुझेर त कहिले – बुझ्दै नबुझेर । आखिर एकदिन एउटा दोबाटो भेटियो तिमी एउटा बाटो लाग्यौ र म अर्को । दोष हाम्रो थियो या बाटोहरुको ? हामीले सँगै हिँड्न चाहेनौं हामी रहरले छुट्टियौं मैले थाहा पाएँ रहरमा पनि कहिलेकाहीं रसाउँदा रहेछन् आँखाहरु । मलाई लाग्यो त्यो दोवाटो पूर्णता थियो हाम्रो सहयात्राको । तिमीले भन्यौ रे आधाबाटोमै छाडिदियो । म एउटा अलमल बाँचिरहेछु तिमीलाई सोध्न मन छ कहाँ हुन्छ बाटोको पूर्णता ? आखिर कहिलेसम्म हिंडिरहन्छन् मान्छेहरु सँगसँगै ?