नेपाली साहित्य (Nepali Literature): नेपाली कथा, नेपाली उपन्यास, नेपाली कविता
Homeआजको कवितामालिकहरु बिक्रीमा छन् – विश्वरसिंह मेवाहाङ
मालिकहरु बिक्रीमा छन् – विश्वरसिंह मेवाहाङ
on:
जुन देशमा
नागरिकताभन्दा बढी
पासपोर्टको महत्त्व हुन्छ
त्यो देश होइन
त्यो कारखाना हो
कारखानामा
किसिम किसिमका सामानहरु उत्पादन हुन्छ
सानो/ठूलो
कालो/सेतो
अस्थायी/स्थायी
सस्तो/महंगो
छानी छानी बिक्री हुन्छन सामानहरु
बिक्री हुन सामानहरुलाई
सिर्फ एउटा पासपोर्ट चाहिन्छ
पासपोर्ट बोकेर सामानहरु
कारखानाबाट जान्छन संसारभर बेचिनलाई
पासपोर्ट भन्नु के हो र ?
सामान बेच्ने इजाजत बाहेक
कारखाना बाट निर्बाध सामान बेचिन्छ
अर्थात्
कारखानाको सामान बेच्न सजिलो छ
न सामानसँग इज्जत हुन्छ
न सामानसँग स्वाभिमान हुन्छ
न सामनको राष्ट्रियता हुन्छ
न सामानले बिद्रोह गर्छ
मालिकले बेचेपछि सामानको
न आफ्नै पहिचान हुन्छ
सामान बेचेपछि
धनी हुने भनेको मालिक हो
कारखाना होइन
मालिकहरु कारखानामा रमाउँदैनन
रमाउनु पनि छैन कारखानामा उनीहरुलाई
न सामानको माया छ
न कारखानाको माया छ
सामानमा खिया लागे पनि
कारखानाको छानो चुहिए पनि
मालिकहरुलाई मालिक हुन पाए भयो
आलोपालो गरीगरी आउछन् मालिकहरु
कहिले काला आउँछन्
कहिले गोरा आउँछन्
जो आए पनि कानै चिरेका आउँछन्
कारखानालाई कंगाल बनाएरै जान्छन
मेरो देश
एउटा ठुलो कारखाना हो
यो कारखानाबाट सामान छाडेर आज मलाई
किन किन मालिकहरु बेच्न मन भो
कोही छ किन्ने यो देशका मालिकहरु?
(चिचिला २, संखुवासभा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।