केलाउँछौ बोडी न पुग्छ तिमीलाई, न मलाई। खुवाउन छोडी न पुग्छ तिमीलाई, न मलाई। बोली काट्न नसक्नु, ठूलो कमजोरी रह्यो ! वचन तोडी न पुग्छ तिमीलाई, न मलाई । कोही प्रति आस्था वा विश्वास गर या नगर ! नसमाई गोडी न पुग्छ तिमीलाई, न मलाई। कछुवाको गतिमा, अगाडि बढौला नेप्टी! नखोज्नु जोडी न पुग्छ तिमिलाई, न मलाई। हिमाल जस्तै मुस्कुराएर नहिँड्नु पराईसँग! घुम्टो ओडी नपुग्छ तिमीलाई, न मलाई। (दमौली, तनहुँ)