चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको छ । अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको हो । सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, बिशिस्ट अतिथी नेपाली नारी समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानी, बिशिस्ट अतिथि एन आर एन पोर्चुगल अलेन्तेजो क्षेत्रीय उपाध्यक्ष तथा हेल्प डेक्स इन पोर्चुगलका संचालक बिक्की सुवेदी, गजलकार एन.बी अन्जान लगायतले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।
नेपाली वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेर शुरु गरेको कार्यक्रममा स्व.श्रष्टा सर्जक प्रती एक मिनेट मौन धारण व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सहित्यकार रमेश भट्टराई तेङ्गम दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए भने सत्यमोहन जोशीका बारे अनेसासका उपाध्यक्ष सागर शाहले प्रकाश परेका थिए । त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउदै गर्दा देवकोटाको ब्याक्तित्व र कृतित्वको बारेमा अनेसास पोर्चुगलकि सचीव गोमा रेग्मीले देवकोटाका लोकप्रिय कविता सहित प्रकाश परेकी थिइन । रचना वाचन सहित सम्पन्न भएको कार्यक्रममा स्वागत अनेसास उपाध्यक्ष उर्मिला कार्कीले गरेकी थिइन भने कार्यक्रमको संचालन महासचिव एन बी अन्जान र सचीव गोमा रेग्मीले सम्युक्त रुपमा गरेका थिए ।
मौसम कृतिको समिक्षा भने लेखिका मुना चौधरीले गरेकी थिइन । दर्जनौं पत्रपत्रिका र पुस्तक सम्पादन गरि सकेका अन्जानका ‘मरुभूमि साहित्य यात्रा’ गजल संग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु एसिया कै सानो कृति, नेपाली भाषाको पहिलो रुबाई महाकाब्य ‘कोपिला’ जस्ता चर्चित पुस्तकहरु यस अघि आइसकेका छन् । अन्जानले आधा दर्जन बढी चलचित्रको लेखन तथा निर्देशन समेत गरिसकेका छन् ।